sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » राहतकालागि झुटो बिवरण पेश गर्ने, सहयोग गर्ने र सिफारिस गर्नेलाई कारबाही

जेठ–१४, खोटाङमा भुकम्प पिडितको परिचयपत्र र राहतकालागि झुटो बिवरण पेश गर्ने, उसलाई सहयोग गर्ने र सिफारिस गर्नेलाई कारबाही गर्ने तयारी गरिएको छ । झुटो बिवरण पेश गर्दै भूकम्प पिडितको नाममा राहतको दुरुपयोग हुने खतरालाई नियन्त्रण गर्नकालागि जिल्ला दैबीक प्रकोप उद्धार समितिले झुटो बिवरण पेश गरेर राहतकालागि दाबी गर्ने, नक्कली पिडितलाई सहयोग गर्ने र सिफारिस गर्ने तीनैपक्षलाई कारबाही गर्ने तयारी गरेको हो ।

फर्जी विबरण तयार पारी राहत माग्न आउने भीडलाई नियन्त्रणकालागि समितिको बैठकले भूकम्पका नक्कली पिडित, उसका सिफारिसकर्ता र सहयोगी सबैलाई कारबाही गर्ने निर्णय गरिएको समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । समितिले झुटो बिवरण पेश गर्ने व्यक्तीको परिचयपत्र तत्काल रद्ध गरी भबिष्यमा उपलव्ध गराउने राहत, अनुदान तथा अन्य सेवासुबिधाबाट बञ्चित गराइने समितिले जनाएको छ । ‘जसलाई पनि भूकम्प पिडितको नाममा राहत पाइन्छ भन्ने आशा पलाएको देखिन्छ,’ प्रजिअ सापकोटाले भन्नुभयो, ‘तर झुटो बिबरण पेश गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम हुन्छ, यस बिषयमा सबै सचेत रहनु पर्छ ।’ 

यसअघि पाँच हजार र तीन हजार राहत पाइसकेका जिल्लाका भूकम्प पिडितलाई परिचयपत्र बितरणसँगै १५ हजारमा बाँकी रकम दिने तयारी गरिएको छ । आवास कर्जाका लागि परिचयपत्र र राहत बितरणमा बिवाद आए सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राई संयोजकत्वको बिवाद समाधान समितिले हल गर्ने सापकोटाले बताउनुभयो । गाउँमा परिचयपत्र र राहत बितरणकाक्रममा अन्यौल आए तत्काल समितिलाई खबर गर्न भनेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post