sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » घडेरी सम्याउँदा फेला परेको बम नेपाली सेनाद्धारा डिस्फोज

जेठ–१७, घडेरी सम्याउँदै गर्दा फेला परेको पाइप बम नेपाली सेनाको बम डिस्फोजल टोलीले निष्कृय पारेको छ । दिक्तेल नगरपालिका–१ स्थित नेपाल रेडक्रस सोसाईटीको कार्यालय नजिक घडेरी सम्याउँदै गर्दा फेला परेको दुई थान पाइप बम जबरजङ्ग गण मुडे ब्यारेकका बम डिस्फोजल टोली निष्कृय पारेको हो । 

स्थानीय चन्द्रकला राईको घर निर्माणका लागि घडेरी सम्याउनेक्रममा कामदारले आईतबार दिउसो बम फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त बम द्धन्द्धको समयमा नेपाल प्रहरीले आफ्नो कार्यालय सुरक्षाका लागि गाडेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । 

उक्त क्षेत्रको विभिन्न ठाउँमा अझै पनि बम हुन सक्ने स्थानीयले जनाएका छन् । उक्त क्षेत्रमा यसअघि पनि विभिन्न प्रकारका बम फेला पर्ने परेको थियो । 

घडेरी सम्याउँदा पाइप बम फेला


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post