sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » किरात समुदायमा साकेला पर्व मनाइदै

बैशाख–२१, किरात समुदायको महान पर्व साकेला उभौली सुरू भएको छ । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना सहित पितृ तथा भूमीको पूजाआजा गरी महिनादिनसम्म उभौली पर्व मनाउने प्रचलन छ । 

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला नाच्ने गरिन्छ । साकेला थानमा भूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । 
फाइल तस्बिर

अहिले किरात बसोबास रहेको प्रत्येक गाउँका युवायुवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बनेको छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र उठाउने बेला मंसिर पूर्णीमामा दुई पटक मनाइन्छ । यसै अवसरमा मझुवागढीमा साकेला सिलीको आयोजना गरिएको किरात राई यायोख्खाका जिल्ला अध्यक्ष प्रश्नराज राईले जानकारी दिनुभयो । 

किरात राईहरुको ऐतिहासिक थलो मानिएको ठाउँहरुमा पूजाआजा गरिएसँगै महिनादिनसम्म साकेला पर्व मनाइने प्रचन छ । सोमबार जिल्लाको पर्यटकीयस्थल रुपाकोट, जन्तेढुङ्गा, छोङ्खा लगायतका धार्मीक तथा पर्यटकीयस्थलमा साकेला सिली नाचिन्छ ।

साकेला पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गर्छन् । साकेला किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post