sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सञ्चारकर्मी शेर्पाद्धारा पत्रकार महासंघलाई आर्थिक सहयोग

बैशाख– पुर्वप्रेमीकाको जन्मदिनको अवसरमा खोटाङका सञ्चारकर्मी चिसाङ्ग शेर्पाले नेपाल पत्रकार महासंघ शाखा खोटाङलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीका सिलसिलामा हाल मलेसियामा रहेका पत्रकार शेर्पाले बैशाख–२१ गते परेको आफ्नो पुर्वप्रेमीकाको जन्मदिनको अवशर पारेर १५ हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

समाजमा घटेका घट्नालाई सर्वसाधरण समक्ष सत्यतथ्यरुपमा सम्प्रेषण गरिरहेका पत्रकारहरुको छाता संगठनको संस्थागत बिकासका लागि आर्थिक सहयोग गरेको पत्रकार शेर्पाले बताउनु भयो । शेर्पाले नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईको नाममा असयोग रकम पठाएका हुन् । २०६५ सालबाट हलेसी एफएममा कार्यरत शेर्पा रेडियो पत्रकारिता छाडेर आमाको खुट्टाको उपचारका लागि खर्च जुटाउन २०७० असार–२० गते मलेसिया गएका थिए ।

मलेसिया पुगेपछि पुर्वप्रेमीकाले अरुसँगै विवाह गरेर गएपछि शेर्पाले हरेक बैशाख–२१ गतेका दिन कुनै न कुनै सामाजिक काम गर्ने बताएका छन । पत्रकार शेर्पाले हाल खोटाङ्गको हलेसी एफएम, रुपाकोट रेडियो र बिराटनगरको सुसेली एफएमलाई मलेसियाबाट समाचार सम्प्रेषण गर्दैआएका छन । मलेसियाबाट फर्केपछि पुःन पत्रकारितामा क्रियासिल रहने शेर्पाले जनाउनु भयो ।

पत्रकार शेर्पाको आफ्नै जिवनमा आधारित आत्माकथा ‘उपहार सपनाकी छोरी’ चाँडै बजारमा आउँदै छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post