sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भूकम्पका घाईते तीन जनालाई आर्थिक सहयोग

बैशाख–२३, भूकम्पका कारण घाईते बनेका खोटाङका तीन जनालाई आर्थिक सहयोग गरिएको छ । भूकम्पका कारण घाइते बनेका माक्पा–६ की दुर्गामायाँ राई, सिमपानीकी रोजिना ढकाल र बाँझेच्यानडाँडाकी निर्मला बिश्वकर्मालाई आर्थिक सहयोग गरिएको हो । 

भूकम्प पिडितको सहयोगार्थ जिल्लाका दश राजनैतिक दल, नेपाल रेडक्रस सोसाईटी, खोटाङ उद्योग बाणिज्य संघ, गैर–सरकारी संस्था महासंघ, खोटाङ यातायात व्यवसायी संघ लगायतका संघ–संस्थाको पहलमा संकलन गरिएको रकमबाट तीन घाइतेलाई आर्थिक सहयोग गरिएको हो । बिभिन्न स्वास्थ्य संस्थामा उपचार गराइरहेका घाइते दुर्गामायाँलाई पाँच हजार तथा रोजिना र निर्मलालाई पाँच÷पाँच हजार आर्थिक सहयोग गरिएको हो । मंगलबार स्थानीय शान्ति समितिको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा समितिका संयोजक ललितकुमार राईले घाइतेका आफन्तलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । 
शान्ति समितिका संयाजक ललितकुमार राईबाट सहयोग रकम लिँदै घाइते निर्मलाको आफन्त (दायाँ) ।
गत बैसाख–१२ गते गएको भूकम्पका कारण घर भत्किएपछि बिस्थापित भएका पिडितको सहयोगार्थ राजनैतिक दल तथा संघ–संस्थाको पहलमा ३ लाख ९ हजार ५७३ रुपैयाँ राहत रकम संकलन भएको छ । संकलित रकम भूकम्प पिडितलाई पाल वितरण गर्नेगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको नाममा जम्मा गरिएको छ । 

यो पनि पढ्नुहोला ।

भूकम्प पिडितलाई सहयोग

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post