sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » वासवोटे मावि लफ्याङमा विद्यार्थी सचेतना कार्यक्रम

बैशाख–३०, माद्यामिक विद्यालय वासवोटे मझुवामा लफ्याङ खोटाङमा विद्यार्थी सचेतना कार्यक्रम संपन्न भएको छ । स्वीस सरकारको सहयोगमा हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपाल र जनसेवा समाज नेपालको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवास परियोजना(सामी) को विद्यार्थी सचेतना कार्यक्रम अन्तरगत दोस्रो चरणको कार्यक्रम वैशाख २९ गते संपन्न भएको हो ।  

वैदेशिक रोजगारीमा जाने माध्यमहरुको वारेमा जानकारी दिईएको सो कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृत गरेर जाँदाको फाईदा र वेफाईदाका बारेमा वताईएको थियो । वैदेशिक रोजगारीमा जाँदा किन नेपालको विमानस्थल प्रयोग गर्ने भन्ने विषयमा र नेपालको विमानस्थल प्रयोग गर्दा हुने फाईदा र वेफाईदाको वारेमा वताईएको थियो । 

कार्यक्रमको अन्तमा विद्यार्थीहरुलाई वैदेशिक रोजगारीमा गएका घरधुरी सर्वेक्षण फारम वितरण गरीएको छ भने अन्तमा विद्यार्थीहरुका लागि प्रतियोगितात्मक निवन्ध प्रतियोगिताको लागि वैदेशिक रोजगारीमा सीप र सुचनाको महत्व विषयक निवन्ध लेखनको लागि विद्यार्थीहरुलाई निवन्धको शिर्षक दिईएको छ । 

निवन्ध जेठ १५ सम्ममा विद्यार्थीहरुले लेखेर सम्वन्धित विद्यालयको सामाजिक शिक्षकलाई वुझाउनु पर्नेछ । सो अवसरमा जनसेवा समाज नेपाल सुरक्षित आप्रवासन परियोजनाको तर्फवाट कार्यक्रम अधिकृत रमेश राई, सामाजिक परिचालक सन्तोष राई, विद्यालयको तर्फवाट सोही माविका प्रअ केशर कुरमा राई र शिक्षक रविन सुनुवारको उपस्थिती रहेको थियो । कार्यक्रम कक्षा ९ र १० का विद्यार्थी माझ गरीएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post