sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » भूकम्प पिडतलाई मलेसियाबाट सहयोग

बैसाख–२०, खोटाङका भूकम्प पिडतको सहयोगार्थ मलेसियाबाट समेत राहत रकम जुट्न थालेको छ । भूकम्पका कारण घर भत्किएपछि बिस्थापित बनेका पिडितको सहयोगका लागि हाल मलेसियामा कार्यरत खोटाङ बाँझेच्यानडाँडा–७ का दिलबहादुर बस्नेतले १० हजार सहयोग रकम पठाएका हुन् । 

भूकम्प पिडितको सहयोगका लागि बस्नेतले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको खातामा आईतबार रकम जम्मा गरिदिएका छन् । भूकम्पका कारण बिचल्नीमा परेका परिवारको मानवीय सहयोगका लागि थोरै भएपनि आफ्नो तलवबाट कटाएर सहयोग रकम पठाएको बस्नेतले बताउनु भयो । मलेसियाबाट प्राप्त भएको रकम तत्काल भूकम्प पिडितलाई प्रदान गरिने रेडक्रस प्रतिनिधि लोकमायाँ थापाले जानकारी दिनुभयो ।

यस्तै, भूकम्प पिडितलाई खोटाङ नुनथलाका एक स्थानीयले आर्थिक सहयोग गरेका छन् । नुनथला घर भइ लामो समयदेखि ताप्लेजुङमा व्यवसाय सञ्चालन गर्दैआएका पदमबहादुर राईले भूकम्प पिडितको सहयोगार्थ नगद पाँच हजार सहयोग प्रदान गरेका हुन् । भूकम्पले घर भत्किएर अलपत्र बनेका भूकम्प पिडितको सहयोगार्थ सहयोग रकम प्रदान गरेको राईले बताउनु भयो । उहाँले नेपाल रेडक्रस सोसाइटी उपशाखा नुनथलामार्फत भूकम्प पिडितलाई रकम प्रदान गर्नुभएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post