sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नदीमा बेपत्ता बनेका युवाको शव सातदिनपछि फेला

जेठ–७, माछा मार्नेक्रममा नदीमा बेपत्ता बनेका खोटाङका एक युवाको शव सातदिनपछि फेला परेको छ । गत जेठ–१ गते साथीसँग माछा मार्न गएका महेश्वरी–१ का २४ वर्षीय नेपाल राई सातदिनपछि बिहीबार मृत फेला परेका हुन् ।

घर नजिकै रहेको दुधकोसी नदीमा माछा मार्नेक्रममा बेपत्ता बनेका राई सल्ले–३ स्थित महादेवबेसीमा फेला परेको प्रहरीले जनाएको छ । गाईवस्तु चराउनेक्रममा स्थानीयले मृत फेला पारेका राईको शव बिहीबारै आफन्तले जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो ।

नदीमा पाँसो थापेर माछा मार्नेक्रममा डुबेर बेपत्ता बनेका राईको शव तीन गाविसमुनी महादेवबेसीमा फेला परेको स्थानीय अदिप राईले जानकारी दिनुभयो । उनको शव पहिचानपछि बिहीबारै दाहसंस्कार गरिएको अदिपको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post