sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा ‘भर्‍याङ’

जेठ–३, खोटाङमा नाट्या समुह गठन गरिएको छ । प्रकाश रिजालको अध्यक्षतामा ११ सदस्यीय ‘भर्‍याङ’ नाट्या समुह गठन गरिएको हो । नाट्या समुहको उपाध्यक्षमा राजेन्द्र ढुंगाना, सचिवमा अंकिता राई, सहसचिवमा लक्ष्मण राई र कोषाध्यक्षमा योगीन राई रहेका छन् । जिल्लामा बिभिन्न सडक नाटक तथा हाँस्याव्यांग्या प्रहसन देखाउँदै आएका युवायुवतीको क्रियासिलतामा नाट्या समुह गठन गरिएको हो । जिल्लामै पहिलोपल्ट गठन गरिएको नाट्या समुह जिल्ला प्रशासन कार्यालयमा आाईतबार बिधिवत दर्ता भएको छ । 

जिल्लामै हालसम्म प्रचलनमा नरहेको नाट्या बिद्यालाई शसक्त बनाउनका लागि समुह गठन गरिएको अध्यक्ष रिजालले बताउनुभयो । ‘जिल्लामा रंगमञ्च र ललितकलालाई प्रोत्साहित र स्थापित गराउनु हाम्रो मूल काम हुनेछ,’ अध्यक्ष रिजालले भन्नुभयो, ‘र कलाका माध्यमबाट हामी जिल्लामा सिर्जनात्मक कामहरु पनि गर्ने छौँ ।’ गठित नाट्या समुहले जिल्लामा मासिकरुपमा हरेक विषयमा सन्देशमुलक नाटक देखाउने कोषाध्यक्ष योगीनले जनाउनु भयो । ‘अडियो सुचनाले मात्र समाजका प्रबाह हुने सन्देश अधुरो हुन्छ,’ योगीनले भन्नुभयो, ‘त्यसलाई प्रत्यक्ष नाटकीयरुपमा प्रबाह गर्न सकिए बढि प्रभाबकारी हुने भएकाले नाट्य समुहको आवश्याकता देखिएको हो ।’ 

जिल्लामा शिक्षा, स्वास्थ्य, राजनिती, बेरोजगार लगायतका समसामयीक बिषयलाई नाटकका माध्यमबाट उजागर गरिने समुहले जनाएको छ । पछि थप गर्नेगरी गठन गरिएको समुहको सदस्यमा यसोधा राई, ममता राई, सञ्जीव राई, जमुना राई, शुशिला राई, कबि राई लगायत छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post