sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » प्राविधिक एसएलसीमा पञ्च माविको ९० प्रतिशतमाथि अंक

खोटाङ, असार १५ । प्राबिधिक एसएलसीमा खोटाङको पञ्च मावि दिक्तेलले बालिबिज्ञानतर्फका २९ जना प्राबिधिक परिक्षार्थीमध्ये दुई जनाले ‘ए प्लस’ (९० अंकमाथि), १६ जनाले ‘ए लेभेल’ (८० अंकमाथि) र ११ जनाले ‘बि लेभेल’ (६० अंकमाथि) ग्रेडमा उत्तिर्ण गरेका छन् ।

विद्यालयका छात्र प्रकाश रिजालले ९६ प्रतिशत र धिरन कालिकोटेले ९१ प्रतिशत अंकाकासाथमा ‘ए प्लस’ ग्रेडमा उत्तिर्ण गरेको विद्यालयका प्रधानाध्यपक भवकृष्ण ढकालले बताए । 

यसपल्टको एसएलसिमा पञ्च माबि ८५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर जिल्लामै सबैभन्दा राम्रो नतिजा ल्याउन सफल भएको छ । सो बिद्यालयबाट सामुदायीक बिद्यालयकातर्फबाट जिल्लामै एक जनाले बिशिष्ट श्रेणीमा एसएलसी उत्तिर्ण गरेको छ । विद्यालयले २०७० सालदेखि प्राबिधिक बिषयमा पठनपाठन सुरु गरेको प्रअ ढकालले बताए । 

एसएलसिमा १६ प्रतिशत परिक्षार्थी उत्तिर्ण गराएर मुलुकमै कमजोर नतिजा ल्याएको जिल्लामा पञ्च माविले पाएको सफलताले केही राहत मिलेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post