sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » चट्याङले खोटाङमा एकको मृत्यु, १७ जना गम्भीर घाइते

जेठ–३१ । चट्याङ लागेर खोटाङमा एक जनाको ज्यान गएको छ भने, १७ जना गम्भीर घाइते भएका छन् । आईतबार बिहान पानीसँगै परेको चट्याङले ओख्रेडाँडागाँउ–४ का ७० वर्षीय सिङ्गबहादुर विश्वकर्माको ज्यान गएको हो । 

चट्याङले सोही स्थानका अन्य १७ जना गम्भीर घाइते भएका स्थानीय दिपक पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार विद्युतको ट्रान्सफरमरमा परेको चट्याङले स्थानीय लोकराज खाती, डम्बरबहादुर विश्वकर्मा, निर्मला खाती, रेखा राई, दिनेश खड्का, खगेन्द्र कटवाल, तेजकुमारी विश्वकर्र्मा, रामशिला विश्वकर्मा, सन्देश खाती, जमुना खाती, सीता खाती, गंगाबहादुर विश्वकर्मा, कल्पना विश्वकर्मा, तीर्थकुमारी खाती, सीता विश्वकर्मा, हिरा खाती र युनिषा विश्वकर्मा घाइते भएका हुन् । 

घाइतेहरुको उद्धारका लागि नेपाल प्रहरी र स्थानीयबासी लागी परेका छन् । उनीहरुको स्वास्थ्य चौकी ओख्रेडाँडागाँउमा उपचार भइरहेको आफन्तले जनाएका छन् । 
चट्याङका कारण उनीहरुको घरमा जडान गरिएको विजुलीको तारमा आगो उठेको जनाइएको छ । स्थानीयले दिएको जानकारी अनुसार सो क्षेत्रका घरमा जडान गरिएका मिटरबक्स कामै नलाग्नेगरी जलेका जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post