sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सबैभन्दा सफा कार्यालयलाई बाल्टिनदेखि हरपिकसम्म पुरस्कार

खोटाङ, जेठ २८ । खोटाङमा आयोजना गरिएको ‘सफा सुग्घर’ प्रतियोगीतामा शैक्षिक तालिम केन्द्र, जिल्ला हुलाक र भु–संरक्षण कार्यालय अरु कार्यालय भन्दा सफा देखिएका छन् ।
 सफा सुग्घर प्रतियोगीताका उत्कृष्टमध्ये हुलाक कार्यालयकी प्रमुख कोपिला राई पुरस्कार लिँदै ।

जिल्ला प्रशासन, जिविस, शिक्षा, स्वास्थ्य, कृषि, मालपोत, नापी, पशुसेवा लगायत जिल्लाका २९ कार्यालयहरुको निरिक्षण र मूल्यांकनका आधारमा शैक्षिक तालिम केन्द्र, जिल्ला हुलाक र भु–संरक्षण कार्यालयले सरसफाईमा उत्कृष्ट स्थान प्राप्त गरेको हो ।

जेठ–२२ गतेदेखि २८ गतेसम्म मनाइएको सो¥हौँ सरसफाई सप्ताहको अवशरमा सरकारी कार्यालय र बित्तीय संस्थाबीचमा सरसफाई प्रतियोगीता गरिएको थियो । सफा सुग्घर प्रतियोगीताका उत्कृष्ट कार्यालयलाई सरसफाई सप्ताह समापनकाका अवशरमा बिहिबार प्रमाणपत्रका साथमा बाल्टिन, हरपिक, डस्बिन, ब्रस र साबुन प्रदान गरिएको छ ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा र स्थानीय बिकास अधिकारी महेन्द्र सापकोटाले प्रमाणपत्र र सरसफाईका सामग्री हस्तान्तरण गरेका छन् । कार्यालयको आँगन तथा कार्यालयभित्रको सरसफाई भए–नभएको, कर्मचारी र सेवाग्राहीले प्रयोग गर्ने शौचालय पूर्णसरसफाई भए–नभएको, पानीका निकाशको व्यवस्था भए–नभएको, फोहोर फाल्ने खाल्डो तथा टोकरीको व्यवस्था भए–नभएको, कर्मचारी र सेवाग्राहीकालागि पानीको व्यवस्थापन गरे–नगरेको लगायतका चेक लिष्टका आधारमा कार्यालयहरुको सरसफाईको मूल्यांकन गरिएको खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालयले जनाएको छ । ‘अरुभन्दा सफा देखिन’ र सरसफाई प्रतियोगीताको पुरस्कार जित्नकालागि कार्यालयहरुले रातारात सरसफाई गरेको पाइएको थियो ।
सफा घर र स्वस्थ बच्चाबीच पनि प्रतियोगीता
यसैबीच, दिक्तेल नगरपालिका–१३, १४ र १५ मा घर र बालबच्चाबीच स्वास्थ्य प्रतियोगीता गरिएको छ । एक वर्षमुनिका बालबच्चाको स्वास्थ्य प्रतियोगीतामा सायाहाङ राई प्रथम, संयोग परियार दोश्रो, अंकित श्रेष्ठ तेश्रो तथा दिपेन्द्र श्रेष्ठ र सोनिया बिष्ट शान्त्वना भएका छन् । पोषण, तौल, खोप र सरसफाईको आधारमा बालबच्चाबिचमा स्वास्थ्य प्रतिष्पर्धा गराइएको हो । प्रथम, दोश्रो, तेश्रो र शान्त्वना बालबच्चालाई क्रमशः सात सय, पाँच सय, तीन सय र २५० का साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

 यस्तै, मानबहादुर केसी, भद्रसिं भुजेल, मोतीप्रसाद अधिकारी, चेवन राई, भक्तबहादुर श्रेष्ठ, सुर्यकुमार राई, नीरकुमारी पौडेल र नरबहादुर बस्नेतको घरले सफा घरको पुरस्कार हात पारेका छन् । घर सफा राखेवापत बिजयी बनेका घरधनीलाई प्रमाणपत्र र सरसफाई सामग्री प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सामुदायीक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजना अन्तरगत बच्चा र घरबीचमा सरसफाई प्रतियोगीता सञ्चालन गरिएको रेडक्रस शाखाका सभापति कुमारसिं बस्नेतले बताए ।

जिल्लामा कार्यालय सरसफाई, विद्यालय सरसफाई स्वच्छता सम्वन्धी अभिमुखीकरण, दिक्तेल बजार सरसफाई तथा परिक्रमा लगायतका कार्यक्रम गर्दै सरसफाई सप्ताह मनाइएको छ ।

सरसफाई सप्ताह समान कार्यक्रममा सहभागीहरु ।


खाल्लेको स्वस्थ बच्चा समाउँदै प्रजिअ गोबिन्द सापकोटा ।

स्वस्थ बच्चालाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै प्रजिअ गोबिन्द सापकोटा ।

स्वस्थ बच्चा प्रतियोगीता समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ गोबिन्द सापकोटा ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post