sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दिक्तेल नगरपालिकामा बिस्तार गरिएको खानेपानीमा ‘कोलीफर्म’ फेला

जेठ–२५, दिक्तेल नगरपालिकामा बितरण गरिएको खानेपानीमा ‘कोलीफर्म’ नामक किटाणु भेटिएको छ । वर्षायाम सुरु भएसँगै नगरपालिकामा बिस्तार गरिएको खानेपानी परीक्षण गर्दा दिशामा पाइने ‘कोलीफर्म’ नामक किटाणु भेटिएको हो । 

नगरपालिकामा बिस्तार गरिएको खानेपानी फोहोर रहेको गुनासोपछि परीक्षण गर्दा दिशामा पाइने किटाणु फेला परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । जोशीका अनुसार माझखोला खानेपानी आयोजनाको रिर्जभ ट्याङकीमा ३० प्रतिशत र रम्बाखोला खानेपानी आयोजनाको ट्याङकीमा ४० प्रतिशत किटाणु फेला परेको छ ।

नगरपालिकामा बिस्तार गरिएको खानेपानीको मुहान खुला ठाउँमा रहेकाले यस्तो समस्या आएको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यसबारे हामीले पटक–पटक कुरा उठाएका छौं तर, सम्बन्धित निकायले चासो नदिँदा नगरबासीले दुषित पानी खानु परिरहेको छ ।”

पानीमा देखिएको किटाणु नष्न पार्न विभागबाट ५० केजी ब्लिचिङ पाउडर ल्याएर उपभोक्ता समितिलाई उपलब्ध गराइएको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त मुहानको संरक्षण गर्न धेरै ठूलो लागत लाग्ने भएकाले तत्कालका लागि ब्लिचिङ पाउडर हाल्न भनेका छौं, त्यसपछि दीर्घकालीन समाधानको उपाय खोज्ने तयारीमा कार्यालय लागीरहेको छ ।”

विभागबाट प्राप्त ब्लिचिङ पाउडर केही दिनमै पानीको मुहानमा हालिने उपभोक्ता समिति अध्यक्ष जोशीले बताउनुभयो । यसका लागि बजारमा बिस्तारित पाइप टाल्ने काम भइरहेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

नगरपालिकामा बिस्तार गरिएको खानेपानीको पाइप ढलमा मिसाइएको उपभोक्ताको गुनासो छ । उक्त पाइप ठाउँ–ठाउँमा फुटेकाले ढलको फोहोर सोही पाइपमा मिसिएर आउने गरेको दिक्तेल नगरपालिका–२ का जयप्रसाद राईले बताउनुभयो ।

उक्त किटाणु हानीकारक भएकाले पानी उमालेर मात्र प्रयोग गर्न जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर माधव लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा बिस्तार गरिएको पानी मात्र नभइ वर्षायाममा सबै पानीको मुहानमा फोहोर मिसिएको हुनसक्छ, त्यसले गर्दा सबैले उमालेको पानी मात्र प्रयोग गर्दा राम्रो हुन्छ ।” 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post