sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मानव बेचबिखनका विरुद्धमा चेतनामुलक कार्यक्रम

असार ४ । खोटाङमा मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण र बालमैत्री स्थानीय शासन सम्वन्धी चेतनामुलक कार्यक्रम गरिएको छ ।

मानव बेचबिखन नियन्त्रण तथा बालमैत्री शासन स्थापनाकालागि महिला तथा बालबालिका कार्यालयको आयोजनामा मानव बेचबिखन नियन्त्रण सम्वन्धी अन्तरक्रीया एबं बालमैत्री स्थानीय शासन सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणका बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राई र बालमैत्री स्थानीय शासनका बिषयमा स्थानीय बिकास अधिकारी महेन्द्रकुमार सापकोटाले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गरिएको छ । 

तराईसँगको यातायात सम्पर्क, शिक्षाको कमी, बेरोजगार लगायतका कारण जिल्लाका युवायुवती तथा बालबालिकाहरु बेचबिखनको जोखिममा रहेको तथ्यलाई ध्यानमा सचेतनामुलक कार्यक्रम गरिएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post