sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भूकम्पबाट अतिप्रभाबित गाबिसमा रेडक्रसको कार्यक्रम

जेठ–१९, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले भूकम्पबाट अतिप्रभाबित ६ गाबिसमा आकस्मिक खानेपानी तथा सरसफाई कार्यक्रम सुरु गरेको छ । रेडक्रसले भूकम्पबाट अतिप्रभाबित बाहुनीडाँडा, च्यास्मीटार, दुर्छिम, खार्पा, लामीडाँडा र नुनथलामा आकस्मिक खानेपानी तथा सरसफाई कार्यक्रम सुरु गरेको हो । 

गत बैसाख–१२ गतेको महाभुकम्पका कारण खानेपानी तथा स्वास्थ्यमा परेको असर न्यूनीकरण गर्दै समुदायमा स्वास्थ्य एवं आकस्मिक अवस्थामा सरसफाइ प्रवर्धन गर्न कार्यक्रम सुरु गरिएको रेडक्रस शाखाले जनाएको छ । कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने रेडक्रसकी कर्मचारी लोकमायाँ थापाले जानकारी दिनुभयो । 

कार्यक्रम सञ्चालनका लागि छनौट भएका १४ सामाजिक परिचालक, दुई जना फिल्ड सुपरभाइजार र एकजना कार्यक्रम संयोजकलाई सहभागी गराएर सोमबार रेडक्रसले दुईदिने अभिमुखिकरण कार्यक्रम गरेको छ । रेडक्रसको सभाहलमा आयोजना गरिएको अभिमुखीकरण शाखाका सभापति कुमारसिं बस्नेतको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post