sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » एसएलसीमा खोटाङका १४ विद्यालय निल

असार, ५ । यस वर्षको एसएलसी परीक्षामा खोटाङका १४ विद्यालयले निल खाएका छन् । गत चैत्रमा लिइएको परीक्षामा एक जना पनि विद्यार्थी उत्तिर्ण गराउन नसकेपछि जिल्लाका १४ विद्यालयले निल खाएका हुन् । 

सुक्रबार सार्वजनिक भएको नतिजा अनुसार सिद्धेश्वरी मावि खिदिमा, शान्ति मावि छोरम्बु, सरस्वति मावि स–छितापोखरी, जनता मावि बतासे, राम्चे निकेतन मावि बतासे, बालकन्या मावि फाक्टाङ, लक्ष्मी मावि काहुले, जलेश्वरी मावि डम्बर्खुशिवालय, बालबालिका मावि मात्तिम, दाम्ली मावि डिकुवा, बेतुवा मावि फाक्टाङ, सिंहदेवि मावि बोपुङ र शिक्षा निकेतन मावि देविस्थानले शुन्य नतिजा ल्याएको जिल्ला शिक्षा कार्यालय जनाएको छ । जिल्लाका ९० वटा माविमध्ये गत वर्ष ११ विद्यालयले निल खाएकोमा यस पटक बढेर १४ विद्यालयले शुन्य नतिजा ल्याएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सिद्धेश्वरी मावि खिदिमाले लगातार तेश्रो पटक तथा बालकन्य मावि फाक्टाङ र जालपा मावि नुनथलाले लगातार दोश्रो पल्ट शुन्य नतिजा ल्याएका छन् । गत वर्ष १२.५ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएको जिल्लाका यसपल्ट १५.९७ प्रतिशत परीक्षार्थीले एसएलसी उत्तिर्ण गरेको जिल्ला शिक्षा कार्यालयका प्राविधिक सहायक तीर्थ विश्वकर्माले बताउनुभयो । 

यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ तीन हजार ७५७ र आंशिकतर्फ तीन हजार ५१ गरी जिल्लाका छ हजार ८०८ विद्यार्थी परिक्षामा सामेल भएका थिए । कार्यालयका अनुसार नियमिततर्फ तीन हजार ७५७ मध्ये छ सय परीक्षार्थी उत्तिर्ण भएका छन् ।
परीक्षामा १४ जनाले विशिष्ट, १४० जनाले प्रथम, ३७९ जनाले दोश्रो र ६७ जनाले तेश्रो श्रेणीमा उत्तिर्ण गरेका छन् । जिल्लाका सामुदायिक विद्यालयतर्फ पञ्च मावि दिक्तेलका एक जना, निजीतर्फ दिक्तेल बोर्डिङ स्कुलका १२ जना र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका एक जनाले विशिष्ट श्रेणीमा उत्तिर्ण गरेका छन् ।

कार्यालयका अनुसार २०६६ सालमा ६८ प्रतिशत, २०६७ मा ३८ प्रतिशत, २०६८ मा १९.४५ प्रतिशत, २०६९ मा १८.४६ प्रतिशत र २०७० मा १९.४६ प्रतिशत र २०७१ सालमा १२.५ प्रतिशत परीक्षर्थी उत्तिर्ण भएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post