sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » प्याफका कर्मचारीलाई ‘सुरक्षित आप्रबासन’ सम्बन्धी जानकारी

जेठ–२५ खोटाङमा गरिबी निवारण कोष (प्याफ)मा कार्यरत कर्मचारीलाई ‘सुरक्षित आप्रबासन’ सम्बन्धी जानकारी दिइएको छ । जनसेवा समाज नेपाल जालपाद्धारा सञ्चालित सुरक्षित आप्रबासन परियोजना सामीको आयोजनामा भएको एक दिने अभिमुखीकरण गोष्ठीमार्फत प्याफका कर्मचारीलाई ‘सुरक्षित आप्रबासन’ सम्बन्धी जानकारी दिइएको हो । 

बैदेसिक रोजगारीलाई सुरक्षित, उपलव्धीमुलक र भरपर्दो बनाउनका लागि प्याफका कर्मचारीलाई समेत ‘सुरक्षित आप्रबासन’ सम्बन्धी जानकारी दिइएको परियोजनाले जनाएको छ । कार्यक्रमका सिलसिलामा गाउँ–गाउँमा पुग्ने कर्मचारीमार्फत बैदेसिक रोजगार सम्वन्धीका समस्या पहिचान गर्न र हल गर्ने तहसम्म ल्याउन सहज हुनेभएकाले उनीहरुका लागि छुट्टै अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको परियोजनाका जिल्ला संयोजक भक्त राईले बताउनुभयो । 

कार्यक्रममा बैदेसिक रोजगार, बैदेसिक रोजगार अपराध तथा ठगी मुद्धाहरुको प्रकृति, बैदेसिक रोजगार ऐनमा भएका कानूनी व्यवस्था, बैदेसिक रोजगार सम्वन्धी सरकारी संयन्त्रहरु, जिल्लाबाट राहदानी लिने व्यक्तीहरुको बिवरण, उनीहरुको बैदेसिक रोजगार सम्वन्धीको सोँच र सचेतीकरणका लागि गर्नुपर्ने प्रयास लगायतका बिषयमा जानकारी दिइएको छ । 

आईतबार जनसेवा समाजको कार्यालयमा आयोजना गरिएको अभिमुखीकरण गोष्ठीमा प्याफका २८ कर्मचारीको सहभागीता रहेको थियो । अभिमुखीकरण गोष्ठीमा स्थानीय बिकास अधिकारी महेन्द्र सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राई, महिला बिकास अधिकृत पुष्पलता उप्रेती लगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम समापनमा सहायक प्रमुख जिल्ला अधिकारी राईले युवायुवतीलाई बैदेसिक रोजगारीमा जानभन्दा स्वदेशमै केही गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post