sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङ सेवा समाज दोहा कतारद्धारा क्यान्सर पीडितलाई ६५ हजार सहयोग

असार ३ । खोटाङ सेवा समाज दोहा कतारले जिल्लाका एक क्यान्सरपीडितलाई उपचार खर्च उपलब्ध गराएको छ । समाजले नुनथला–९ का क्यान्सरपीडित यमबहादुर तामाङको उपचारका लागि रु ६५ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको हो । 

कमजोर आर्थिक अवस्था भएका तामाङको उपचारका लागि समाजका पूर्व अध्यक्ष मणिप्रसाद आचार्यको नाममा पठाइएको रकम बुधबार उनलाई हस्तान्तरण गरिएको समाजका महासचिव रुद्रप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरपीडित तामाङले सहयोगका लागि संस्थामा हस्पिटलको रिपोर्टसहित अपिल गरेका थिए, हाम्रो सानो सहयोगले उनको जीवन बँच्छ भने,  सहयोग गरौं भनेर थोरै भएपनि आर्थिक सहयोग रकम पठाएका हौं ।”

संस्थाले पीडित तामाङको उपचारका लागि प्रथम उपाध्यक्ष तीलबहादुर खत्रीको  संयोजकत्वमा  सहयोग रकम संकलन समिति गठन गरेको थियो । सहयोग संकलन गर्ने क्रममा संस्थाले कतारका वुद्धिजिवी तथा विभिन्न कामका सिलसिलामा कतार पुगेका खोटाङ्गेहरुबाट सहयोग रकम प्राप्त गरेको जनाइएको छ । 

दाहिने खुट्टामा क्यान्सर भएको उनको ९ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । क्यान्सरपीडित तामाङको उपचारका लागि ६ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले बताएको उनका आफन्तले जनाएका छन् । 

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङ्गेहरुले स्थापना गरेको सो संस्थाले जिल्लाका विकास निर्माणदेखि लिएर सामाजिक हित र पीडितहरुको लागि सहयोग गर्दै आएको छ । १७  वर्षअघि कतारमा स्थापना भएको उक्त संस्थाले रोजगारीको सिलसिलामा कतारमा पुगेका खोटाङ्गे तथा गंैर खोटाङ्गेहरुलाई  भैपरी आउने समस्यामा सहयोग गर्दै आएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post