sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सरस्वती माविद्धारा दुई खेलाडी सम्मानित

खोटाङ, जेठ २९ । खोटाङको सरस्वती मावि दिक्तेलले दुई खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रपतिकप रनिङ शिल्डको राष्ट्रिय प्रतियोगीताका लागि छानिएका रितोरियो कराते खेलाडी विद्याकला राई र अर्जुन श्रेष्ठलाई बिद्यालयले शुक्रबार सम्मान गरेको हो । 

पोखरामा आगामी असार–५ देखि ७ गतेसम्म सञ्चालन हुने राष्ट्रपतिकपको राष्ट्रिय प्रतियोगीतामा सफलताको कामना गर्दै खेलाडीलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । उनीहरुलाई विद्यालयले जनही पाँच हजार र प्रशंसापत्रका साथमा सम्मान गरेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । 

सरस्वती माबिमा अध्यायनरत विद्याकला ४७ केजी समुह र अर्जुन ५२ केजी समुहमा सुनसरीमा आयोजन गरिएको क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट रितोरियो करातेतर्फ राष्ट्रिय प्रतियोगीताका लागि छानिएका हुन् । राष्ट्रिय प्रतियोगीताकालागि राई र श्रेष्ठबाहेक दिक्तेल इंसिल बोर्डिङ स्कुलका रोशन गुरुङ समेत छनौटमा परेका छन् । क्षेत्रीय प्रतियोगीताबाट उनीहरुले सितोरियो करातेतर्फ जिल्लालाई तीन स्वर्ण, दुई कास्या र तीन रजत पदक दिलाएका थिए ।

यसपल्टको क्षेत्रीय प्रतियोगीतामा खोटाङले महिला र पुरुषतर्फ क्षेत्रमै समुह प्रथम स्थान हासिल गरेको नेपाल सितोरियो कराते संघका उपाध्यक्ष मिलन कसजुले जनाए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post