sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खानीडाडामा कालोपत्रेको काम सम्पन्न

असार ८ । खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणको रु.७ करोड २४ हजार ३८० रुपैयाँ लागतमा सुरु गरिएको विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको हो ।

लामा बुईल्डर्स/चाङ्मिला जे.भी. निर्माण कम्पनीद्धारा कालोपत्रे गरिएको उक्त विमानस्थलको धावनमार्गको लम्बाई ५९० मिटर र चौडाई २० मिटरको रहेको छ । उक्त विमानस्थल कालोपत्रेका लागि २०७२ जेठ १५ गतेभित्र सम्पन्न गर्नेगरि २०६९ असोज १५ गते दुईपक्षीय सम्झौता भएको आयोजना प्रमुख ईन्जिनियर रत्नबहादुर श्रेष्ठले बताउनुभयो ।

विमानस्थल कालोपत्रे भइसकेकाले उडान/अवतरणमा कुनै असर नगर्ने ईन्जिनियरको सुझाव अनुसार नियमित उडान भर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्यन प्राधिकरण समक्ष माग गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको धावन मार्ग कालोपत्रेको काम सकिएको छ, विशेषगरि अस्पतालबाट रेफर गरिएका विरामीलाई चर्को मुल्यमा हेलिकोप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता रहेकाले नियमित उडान सुचारु गराउन प्राधिकरण समक्ष माग गरेका हौं ।”

विमानस्थलको कालोपत्रे सम्पन्न भएको आयोजना प्रमुखबाट जानकारी आएकाले असार ११ गते परीक्षण उडानगरि नियमित उठान भर्ने व्यवस्था मिलाइ दिन प्राधिकरण समक्ष अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “खोटाङ भौगोलिक बिकटता भएको जिल्ला भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै नियमित उडान भर्न माग गरेका हौं, सम्भवतः सोही दिनबाट नियमित उडान हुने अपेक्षा गरेका छौं ।”

जिल्लाका तीन विमानस्थलमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल कालोपत्रे भएपछि जिल्लाबासी हर्षित भएका छन् । वर्षा लागेसँगै तराईसँगको सिधा यातायात सेवा विच्छेद भएको अवस्थामा सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलमा हवाई सेवा नियमित गराउनेपर्ने जिल्लाबासीको माग रहेको छ ।

खोटाङबासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाईन्स, अग्नी र तारा एयरलाईन्सले उडान भर्दै आएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post