sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नगरपालिका बाहेक सबै गाविस खुला दिसामुक्त

जेठ–२०, खोटाङ जिल्लाको सबै गाविस खुला दिसामुक्त भएको छ । ७२ गाविस र एक नगरपालिका रहेको जिल्लामा नगरपालिका बाहेक सबै गाविस खुला दिसामुक्त भएको हो ।  जिल्लाको एक मात्र दिक्तेल नगरपालिकामा भने १४ घरमा चर्पी निर्माण गर्न बाँकी रहेको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको वडा नम्बर–१०, ११ र १२ घोषणा भइसकेका छन्, बाँकी १४ घरमा पनि निर्माण कार्य भइरहेकाले केहीदिनमै सकिनेछ ।”
जिल्लालाई गत बैशाख २३ गते खुला दिसामुक्त घोषणा गर्ने तयारी गरिएको थियो । बैशाख–१२ गतेको महाभूकम्पका कारण उक्त मितिमा जिल्लालाई घोषणा गर्न नसकिएको जिल्ला खानेपानी सरसफाइ सचिवालयका संयोजक धनप्रसाद गिरीले बताउनुभयो ।

गत चैत्र मसान्तभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान अन्तरगत सबैभन्दा पहिले नुनथला गाविसलाई २०६९ साल जेठ २६ गते खुला दिसामुक्त घोषणा गरिएको थियो । यस अभियानमा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, पेशागत संघसंगठन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, नागरिक समाज, कर्मचारी, बुद्धिजिबी, समाजसेवी, आमा समुह, पत्रकार लगायत सक्रियताका साथ लागीपरेका छन् । 

आफ्नो जिल्लालाई सगरमाथा अञ्चलकै सबैभन्दा पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गर्ने हौसलाका साथ स्थानीय समेत कस्सिएका छन् । जिल्लालाई खुला दिसामुक्त गर्ने अभियान अन्तिम चरणमा पुगेकाले जेठभित्रै घोषणा गरिने संयोजक गिरीले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post