sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » भूकम्प पिडितलाई यायोक्खा र किरात सेवा समाजको मलम

जेठ–२६, किरात राई यायोक्खा खोटाङ र किरात सेवा समाजले भूकम्प पिडितलाई १९ हजार राहत रकम प्रदान गरेको छ । गत जेठ–१२ गतेको महाभूकम्पका कारण घर भत्किएर र चर्किएर अलपत्र बनेका भूकम्प पिडितको सहयोगार्थ किरात राई यायोक्खा र किरात सेवा समाजले राहत रकम संकलन गरी नेपाल रेडक्रस सोसाइटीमार्फत १९ हजार दुई सय ७० रुपैयाँ प्रदान गरेको हो । 

गत जेठ–१६ गते दिक्तेलको माटिकोरेमा आयोजना गरिएको साकेला सिली समापनमा साकेला नाच्न भेला सहभागीहरुबाट संकलन गरिएको रकम भूकम्प पिडितलाई प्रदान गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष प्रश्नराज राईले बताउनुभयो ।


यायोक्खा र किरात सेवा समाजले रेडक्रसको खातामा जम्मा गरिएको रकमको भौचर मंगलबार रेडक्रस शाखाका सभापति कुमारसिं बस्नेतलाई हस्तान्तरण गरेको छ । भुकम्प पिडितको सहयोगार्थ संकलन गरिएको रकम रेडक्रसको खातामा जम्मा गरिसकिएको किरात सेवा समाजका सदस्य दिनेश राईले जनाउनुभयो । यायोक्खा र किरात सेवा समाजका प्रतिनिधिले कार्यक्रमस्थलमा छुट्टै राहत पेटीका राखेर र व्यानर सहित भुकम्प पिडितको सहयोगकालागि रकम संकलन गरेका थिए । ‘यो रकम थोरै हो, भूकम्प पिडितकालागि पर्याप्त होइन,’ यायोक्खाका अध्यक्ष राईले भन्नुभयो, ‘थोरै भएपनि पिडितको घाउमा मलम पुगोस भनेर सहयोग गरिएको हो ।’ 

भौचर बुझ्दै रेडक्रसका सभापति बस्नेतले रेडक्रसको खातामा जम्मा भएको रकम भूकम्प पिडितको हातमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो । ‘तपाईहरुले बिश्वास गरेर दिनुभएको रकम पिडितकै हातमा पु¥याउने छौँ,’ बस्नेतले भन्नुभयो, ‘यो रकममा एक पैसा पनि तलमाथि हुन्न ।’ 

जिल्ला दैबीप्रकोप उद्धार समितिको अन्तिम तथ्यांक अनुशार भूकम्पले जिल्लाका ६ हजार १६७ पूर्ण र १२ हजार ७८० घरमा आंशिक क्षती पुगेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post