sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » द्धन्द्ध व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

खोटाङ ६ असार । जिल्लाका गाविस स्तरिय शान्ति समितिका संयोजक तथा नगर समितिका पदाधिकारीहरुलाई द्धन्द्ध व्यवस्थापन सम्वन्धी तालिम दिइएको छ ।

गाउँमा हुने द्धन्द्धलाई न्यूनीकरण गर्दै द्धन्द्ध व्यवस्थापनकालागि गाबिस स्तरिय समितिका संयोजक तथा नगर समितिका पदाधिकारीहरुलाई द्धन्द्ध व्यवस्थापन सम्वन्धी तालिम दिइएको हो । स्थानीय शान्ति समितिको आयोजनामा शनिबार समिक्षालय हलमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा गाबिस स्तरिय शान्ति समितिका संयोजक तथा नगर समितिका पदाधिकारी बाहेक, दल, गैर–सरकारी संस्थाका प्रतिनिधि, पत्रकारको सहभागीता रहेको थियो । हरेक गाबिसमा शान्ति प्रबद्र्धन, शान्ति निर्माण र द्धन्द्ध रुपान्तरणका काममा सघाउ पु¥याउनकालागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्थानीय शान्ति समितिका जिल्ला संयोजक ललितकुमार राईले बताए । 

कार्यक्रममा द्धन्द्ध रुपान्तरणका बिधिका बिषयमा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयका निमित्त प्रमुख लोकनाथ घिमिरे, द्धन्द्ध व्यवस्थापनमा मध्यस्थकर्ता र सुरक्षाका बिषयमा शसस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी निरिक्षक फुर्गेली शेर्पा र द्धन्द्ध, द्धन्द्ध व्यवस्थापन र स्थानीय सिकाईका बिषयमा नगरअधिकृत नारायण ढकालले सहजीकरण गरेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले उदघाटन गरेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post