sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङमा ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी गठन

६ असार । जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी गठन भएको छ । चन्द्र बुढाथोकी ‘शैलेश’को संयोजकत्वमा १९ सदस्यीय जिल्ला संगठन समिति गठन भएको हो ।

गत असार–३ र ४ गते हलेसीमा बसेको कार्यकर्ता भेलाले समिति गठन गरेको माओवादीले आईतबार पत्रकार सम्मेलन गरेर जनाएको छ । नव गठित माओवादीले अन्य पदाधिकारीहरुको नामावली भने सार्वजनिक गरेको छैन ।

माओवादीले खोटाङमा भ्रष्टाचार र कालोबजारीका बिरुद्धमा अभियान चलाउने जनाएको छ । सदरमुकाम दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीको भावी रणनीति तथा कार्ययोजना समेत सार्वजनिक गरेको छ । उसले जिल्लाको दुबै क्षेत्रमा दुई वटा टोली बनाएर संगठन सुदृढिकरण गर्ने, जिल्लामा मौलाउँदै गएको दलाल, भ्रष्टचार, घुसखोरी, गुण्डागर्दी र कालोबजारी निर्मूल पार्न विशेष अभियान सञ्चालन गर्ने र राष्ट्रियता एवम् जनसंविधानका लागि अग्रगमन पक्षको आन्दोलन गर्ने जनाएको छ ।

दिक्तेलस्थित होटल सिद्धार्थमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नव गठित माओवादीका सचिव शैलेशले भन्नुभयो, “हामी कसैको विरोध गर्दैनौं, तर देश र जनताको हितमा काम गर्नुप¥यो । अहिलेका सबै दलले आफ्नो व्यक्तिगत स्वार्थपूर्तीको लागि मात्र काम गरेकाले नयाँ पार्टी घोषणा गरेका हौं । यो आजको आवश्यकता पनि हो ।”

नव गठित माओवादीले जिल्लामा तत्काल पार्टी कार्यालय खोलेर नबस्ने जनाएको छ । यद्यपि, यो पार्टी भूमिगत भने नहुने शैलेशको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो काम भनेको जनताको उन्नयनका लागि हो, तत्कालका लागि कार्यालय नखोली बाहिरै बसेर काम गर्नेछौं ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post