sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » भूकम्प पिडितलाई रेडक्रसद्धारा नौं हजार पाल वितरण

खोटाङ, असार २ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले जिल्लाका भूकम्प पिडितलाई नौ हजार बढि पाल वितरण गरेको छ । 

                 खोटाङको खार्पाका भूकम्प पिडितलाई राहत बाँडिदै । 
गत बैसाख–१२ गतेको महाभूकम्पले घर भत्किएर र चर्किएर बिस्थापित बनेका जिल्लाका भूकम्प पिडितलाई रेडक्रसमार्फत ९ हजार सात सय ९३ थान त्रिपाल बितरण गरिएको हो हो । नेपाल रेडक्रस शाखाका सभापति कुमारसिं बस्नेतले ७२ गाबिस र एक नगरपालिका रहेको जिल्लाका सबै ठाउँमा तीन चरणमा ‘एकसरो’ त्रिपाल, कम्बल, चामल, कपडा सहितको राहत पु¥याइएको जानकारी दिए । 

भूकम्प पिडितकालागि शाखामा जुटाइएको १६ हजार एक सय आठ थान त्रिपालमध्ये दश हजारको हाराहारीमा वितरण गरिसकिएको रेडक्रसले जनाएको छ । प्राप्त भएकामध्ये ६ हजार तीन सय १५ थान त्रिपाल वितरणकालागि तयारी अवस्थामा राखिएको रेडक्रसले जनाएको छ । भूकम्प गए लगत्तै रेडक्रसको क्षेत्रीय र केन्द्रीय कार्यालय, प्रशासन, उद्योग बाणिज्य संघ, शुभद्रा मदन फाउण्डेसन, स्वीस बिकास नियोग, जि–फाउण्डेसन, लाक्पा फुटी शेर्पा ट्रष्ट र जनबोली न्यूज नेटवर्क, अम्बे सहकारी संस्था इटहरी, रोजन राई लगायतबाट जुटाइएको त्रिपाल भूकम्प पिडितलाई वितरण गरिएको सभापति बस्नेतले जनाए । 

४२ हजार घर रहेको जिल्लामा भूकम्पका कारण छ हजार एक सय ६७ घर पूर्ण र १२ हजार सात सय ८० घरमा आंशिक क्षती पुगेको जिल्ला दैबीक प्रकोप उद्धार समितिले जनाएको छ । भूकम्पका कारण घर भत्किँदा जिल्लाका २८ हजार आठ सय १० सर्वसाधारण बिस्थापित भएको समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताए । 

रेडक्रसले हालसम्म ६२ टन चामल, ९ हजार ४९५ थान कम्बल, एक सय थान प्लाष्टिकको गुन्द्री, पाँच सय थान जेरी क्यान, छ सय ८८ थान मेट्रेस, ९ हजार चार सय २० पिस डिटोल साबुन, ५ हजार एक सय ७५ मिटर कपडा, १ हजार सात सय २५ वटा पियूस, ३ सय केजी चिउरा र २० काटन चाउ–चाउ वितरण गरिसकेको जनाएको छ । शाखामा अझै ३ हजार छ सय ५४ थान कम्बल, १० थान सिल्पोलिन पाल, एक हजार थान ड्राइपर, हजार थान सेनीटरी प्याड, हजार थान ग्लोब्स, पाँच सय थान माक्स, २८ हवार आठ सय ६ पिस डिटोल साबुन र पाँच सय प्याकेट जीवनजल वितरणकालागि तयारी हालतमा राखिएको सभापति बस्नेतले जानकारी दिए । भूकम्प पिडितको नाममा रेडक्रसको खातामा जम्मा भएको १० लाख ६० हजार २२३ मध्ये अधिकांश रकम वितरण भइसकेको रेडक्रसले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post