sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पाँच गाबिसका भूकम्प पिडितलाई सवल परियोजनाको सहयोग

जेठ–२१, सवल परियोजनाले खोटाङका पाँच गाबिसका भूकम्प पिडितलाई अस्थायी बसोबासकालागि सहयोग सुरु गरेको छ । अमेरिकम सहयोग नियोग यूएसएआइडीको सहयोगमा परियोजनाले जिल्लाको लिच्कीराम्चे, फेदी, सुंदेल, बाहुनीडाँडा र डिकुवाका भूकम्प पिडितलाई अस्थायी बसोबासकाक्रममा लाग्ने दश दिन बराबरको ज्याला उपलव्ध गराउन थालेको हो । 

भूकम्पका कारण घर ढलेको वा ढल्न लागेको अवस्थाका पिडितलाई अस्थायी गोठ तथा टहरा बनाउन, घरायसी सामान व्यवस्थित गर्न, शौचालय पुःनमर्मत लगायतका कामकालागि प्रतिदिन चार सयका दरले दश दिनको ज्याला दिन सुरु गरेको परियोजनाले जनाएको छ । परियोजनाले लिच्कीराम्चेका भूकम्प पिडितबाट ज्याला दिन सुरु छ । 

भूकम्प पिडितको अस्थायी बसोबासकालागि सहयोग गर्न लिच्कीराम्चे पुगेका सबलका प्रतिनिधि स्थानीयसँग छलफल गर्दै ।
भुकम्पबाट प्रभाबित क्षेत्रका गाबिसमा प्रतिगाबिस अधिकतम १३५ घरधुरीलाई अस्थायी बसोबासकालागि सहयोग गर्ने जनाइएको छ । दश दिनको चार हजार ज्याला लिन अस्थायी बसोबासकालागि अनिवार्य काम गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । यसकालागि वडा नागरिक मञ्चका संयोजकको संयोजकत्वमा अनुगमन समिति बनाइएको परियोजनाले जनाएको छ । 

यस्तै, छनौटमा परेका पाँच गाबिसका क्षतीग्रस्त बनेका कुलो, बाटो, स्वास्थ्य, गाबिस कार्यालयको पुःनमर्मतका लागि परियोजनाले दुई सय दिनको ज्याला उपलव्ध गराउने जिल्ला दैबीप्रकोप उद्धार समितिको बैठकमा जानकारी दिइएको छ । पाँच गाबिसमा मर्मत गर्नुपर्ने किसिमका भौतिक संरचना नभए अन्य गाबिसमा सहयोग प्रदान गरिने परियोजनाले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post