sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » पुर्वाञ्चल आइडलको टप–४ मा खोटाङका दिपेश

खोटाङ राजापानी–७ बेराखाका दिपेशपायल राई पुर्वाञ्चल आइडलको टप–४ मा पुगेका छन् । बागिना कला केन्द्र धरानले आयोजना गरेको पुर्वाञ्चल आइडलमा हजारौं प्रतिष्पर्धीलाई पछि पार्दै राईले टप–४ सम्मको यात्रा सुरक्षित गरेका हुन् । 

उनले बिभिन्न अडिसनमा ‘प्यारो खोटाङ, देशले रगत मागे, यहाँ देशको छ चिन्ता’ लगायतका गीत गाएर निर्णायक मण्डलको मन जितेका हुन् । बालापनदेखि संगीतको नशा लागेका राई अहिले हरेक औपचारिक कार्यक्रममा गीत गाउँदै भोट दिएर पुर्वाञ्चल आइडलको विजेता बनाउन आव्हान गर्दै हिँडिरहेका छन् । दिपेशलाई भोट दिन मोबाइलको मेसेज बक्समा गएर पिएससि टाइप गरी एक स्पेश दिएर १४ टाइप गरी ३२६४ मा सेन्ड गर्ने व्यवस्था छ । 

‘पुर्वाञ्चल आइडलको टप–४ मा पुग्न सफल भएको छु,’ दिपेशले भने, ‘बाँकी यात्रा र स्थानकालागि तपाई शुभेच्छुकहरुको भोटको आशा गरेको छु ।’ दिपेश बालापनदेखि नै रेडियोबाट बजेको जुनसुकै गीत जस्ताकोतस्तै गाउने प्रयत्न गर्थे । गायक बन्ने सपना पूरा गर्न भोक, तिर्खा, अनिदो भनेनन् । निरन्तर संगीत साधनामा लागिरहे । संगीतप्रतिको यही लगावका कारण पुर्वाञ्चल आइडलको टप–४ मा पुगेको उनले बताए । सातदोबाटोस्थित सुम्निमा कल्चर एकेडेमीबाट शास्त्रीय संगीत सिकेका उनको रोजाइमा बढि आधुनिक गीतहरु पर्छन् । राजेशपायल राई, दिपक लिम्बू, भक्तराज आचार्य लगायतको गीत गाउन रुचाउने दिपेशको सफल गायक बनेर नेपाली सांगीतिक आकाशमा उदाउने चाहना छ । यसका लागि दिपेशलाई सबैको भोटको आवश्यकता छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post