sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सुरक्षित आप्रवासन परियोजनाको अनुगमन सम्पन्न

रमेश राई 
असार, १० खोटाङ । हेल्भटास स्वीस ईन्टर कोअपरेशन नेपाल र जनसेवा समाज नेपालको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) को वार्षिक अनुगमन सम्पन्न भएको छ । 

असार ८ गते देखि सुरु भएको अनुगमन आज समिक्षात्मक कार्यक्रम सहित समापन भएको छ । 
असार ८ गते प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, प्रहरी नायव उपरिक्षक विनोदराज खरेल, जिल्ला विकास समिति योजना तथा अनुगमन अधिकृत नरहरी सापकोटा, सामाजिक विकास अधिकृत दूर्गा बहादुर राई, पत्रकार डिएम चाम्लिङ लगायतको समुहले दिक्तेल भवन गैराको सुचना तथा परामर्श केन्द्रको अनुगमन गर्नुभएको थियो । 

त्यसैगरी असार ९ गते जिल्ला शिक्षा अधिकारी गणेश भटटराई, सामाजिक विकास अधिकृत दुर्गा वहादुर राई, जसनेवा समाज नेपालका अध्यक्ष दान बहादुर राई, पत्रकार रामधन राईको समुहले श्री माध्यामिक विद्यालय लफ्याङको विद्यार्थी सचेतना कार्यक्रमको अनुगमन गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।

असार १० गते नेपाली कांग्रेसका प्रेम कुमार राई,उद्योग अधिकृत लोकनाथ  खतिवडा, जनसेवा समाज नेपालका सह कोषाध्यक्ष भानु राई पत्रकार डिएम चाम्लिङको समुहले दिक्तेल ११ लफ्याङमा रहेको टोल वैठकको अनुगमन गर्नुभएको थियो । त्यसै गरी दिक्तेल आचार्य गाउँमा एनेकपा माओवादीका रश्मी रसाईली,महिला तथा बालबालिका बिकास कार्यालय,खोटाङ बालबालिका अधिकृत रबिन राई, पत्रकार उत्तम चौलागाईको टोलीले मनोसामाजिक परामर्श सम्बन्धि समुहमा छलफल गर्नुभएको थियो । 

सोही दिन बैदेशिक रोजगारमा ठगिएका तथा उद्धार भएका व्यक्तिहरुसँग जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राई, दिक्तेल नगरपालीकाका नि.कार्यकारी अधिकृत अर्जुन खवास, नेकपा एमालेका सनमान खड्का, संघिय समाजवादी फोरम नेपालका मविन्द्र राईले छलफल गर्नुभएको थियो । यस्तै मनोसामाजिक परामर्श सेवाका सेवाग्राहीहरुसँग निमित्त स्थानिय विकास अधिकारी नरहरी सापकोटा,उद्योग वाणिज्य संघ खोटाङका ज्ञानेन्द्र जोशी, नेपाल कम्यूनिष्ट पार्टीका श्याम राई, नेकपा(माओवादीका झमप्रसाद आचार्य, पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई लगायतको समुहले छलफल गरेको थियो । 

विभिन्न समुहहरुसँगको छलफल पश्चात अन्तमा कार्यक्रमको हालसम्मको प्रगति विवरण कार्यक्रम संयोजक नविन्द्र राईले गर्नुभएको थियो । प्रगति विवरण प्रस्तुती जनसेवा समाज नेपालका अध्यक्ष दानवहादुर राईको सभापतित्वमा, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सम्पूर्ण दलहरु  प्रतिनिधित्व गर्दै एनेकपा माओवादी रश्मि रसाईलीले परियोजनाले हालसम्म राम्रो काम गरीरहेको बताउनु भएको थियो । तथापी यस्ले पूर्णता नपाएको र यो परियोजना जिल्ला भरी नै लागु हुुनु पर्ने कुरामा जोड दिनु भएको थियो । बैदेशिक रोजगारीका कारण महिलाहरु नै बढी समस्यामा पर्ने गरेको र त्यसमा दलहरुको तर्फबाट सक्दो सहयोग भईरहेको आगामी दिनहरुमा पनि हुदै जाने वताउनु भएको थियो । सोही अवसरमा नि स्थानिय विकास अधिकारीले जनसेवा समाज नेपाल सुरक्षित आप्रवासन परियोनाले राम्रो काम गरीरहेको र जिल्ला विकास समितिवाट पनि सक्दो सहयोग हुने कुरा वताउँदै परियोजनाको कार्यक्षेत्र वढाउन अनुरोध गर्नुभयो ।    

कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले जिल्लामा जनसेवा समाज नेपालनले राम्रो काम गरीरहेको र आगामी दिनमा पनि यस्तै काम गर्दै जाओस भन्ने शुभेच्छा प्रकट गर्नुभएको थियो । साथै आगामाी दिनहरुमा जिल्ला प्रशासन कार्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्तमा संस्थाका अध्यक्ष दान वहादुर राईले सवैलाई धन्यवाद प्रकट गर्दै सधै यस्तै सहयोगको अपेक्षा सवै क्षेत्रवाट गर्दै कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

जनसेवा समाज नेपाल र हेल्भेटासको सहकार्यमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) विगत तीन वर्ष देखि खोटाङ जिल्लामा सञ्चालित छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post