sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सार्वजनिक स्थलमा बनाइएका घरटहरा हटाइने

जेठ ३१ । जिल्लाका सार्वजनिक स्थल अतिक्रमणगरी निर्माण गरिएका घरटहरा हटाइने भएको छ । जिल्लाका विभिन्न ठाउँमा नियमविपरित सार्वजनिक जग्गा अतिक्रमणगरी घरटहरा निर्माण गरेको पाइएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । 

प्रजिअ सापकोटाले भन्नुभयो, “यो कार्य पहिलो चरणमा नगरपालिकाबाट सुरु गरिनेछ, अन्य ठाउँका सार्वजनिक जग्गा पनि अतिक्रमण भएको जानकारी आएकाले दोश्रो चरणमा त्यस ठाउँका स्थानीयलाई समेत हटाउने तयारी गरेका छौं ।”

जिल्लाको सरकारी कार्यालय, मठमन्दिर, विद्यालय, हाटबजार लगायतका सार्वजनिक स्थल अतिक्रमणगरी स्थानीयले घरटहरा निर्माण गरेका छन् । केही राजनीतिक शक्तिको आधारमा हलेसी र बाराहापोखरीको नाममा रहेको जग्गा अतिक्रमण भएको बैठकमा सहभागी राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा दलका नेताकार्यकर्ता नै रहेका छन्, अतिक्रमित जग्गाबाट उनीहरुलाई हटाउन शक्तिको डरले प्रशासन समेत असफल भएको छ ।” 

जिल्ला विकास समितिको सभाहलमा आइतबार आयोजना गरिएको सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई छुटकारा दिन नहुने बताएका छन् । बैठकमा सहभागी नेकपा एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङले भन्नुभयो, “हाम्रो पार्टीका कार्यकर्ताबाट त्यस्तो भएको छैन, र हुन पनि दिदैनौँ । यदि कुनै दलका कार्यकर्ताले त्यसो गरेको छ भने, त्यो गलत हो । उसलाई कारबाही हुनुपर्छ ।” 

बैठकमा नगरभित्रका घरका बार्दली, कौशी र बरण्डा समेत हटाउने निर्णय गरिएको छ । भर्खरै नगरपालिका भित्र्याइएका दमकल र टिपर आवश्यक परेको खण्डमा सबै ठाउँ पु¥याउन सकियोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि हामीले यसअघिदेखि नै माईकिङ मार्फत नगरबासीलाई अनुरोध गराएका छौं, हाम्रो अनुरोधलाई बेवास्ता गरेको खण्डमा नियमअनुसार आफै गएर हटाइनेछ ।”
बैठकमा जिल्लास्थित सबै राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरकोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post