sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » रावाखोला जलविद्युतका लागि कुभिण्डेदेखि हौंचुरसम्मको सडक निर्माण सम्पन्न

असार–१३ । जिल्लालाई लोडसेडिङमुक्त बनाउने अभियानका साथ सुरु गरिएको रावाखोला जलविद्युत आयोजनाको काम तिब्र गतिमा अघि बढेको छ । रावाखोलाको पानीलाई हौंचुरको भैंसेबाट खसाएर ६.५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी सुरु गरिएको रावाखोला जलविद्युत आयोजनाको काम तिब्र गतिमा अघि बढेको हो ।

दूधकोसी पावर कम्पनीले उत्पादन गर्न लागेको जलविद्युत आयोजना सम्पन्न गर्न कुभिण्डेदेखि हौंचुरसम्मको आठ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रेम लामाले बताउनुभयो । लामाले भन्नुभयो, “देशमा १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा जिल्लालाई त्यसबाट मुक्त बनाउन अभियान थालिएको हो, यसका लागि निर्माण कम्पनी छान्ने काम भइरहेको छ ।”

२०७० साल माघमा काम थाल्ने गरी हौंचुरको मंगलबारेमा बाँध बनाएर दुई हजार ३३१ मिटर लामो कुलोबाट पानी खसाउने तयारी गरिएको छ । उक्त आयोजना सम्पन्न गर्न एक अर्ब २५ करोड रुपैयाँ बजेट लाग्ने जनाइएको छ । 

जलविद्युत आयोजनाले खोटाङबाहेक छिमेकी जिल्ला ओखलढुङ्गा, उदयपुर, भोजपुर, सोलुखुम्बुलगायतका जिल्लामा विद्युत खपत गर्ने लक्ष्य राखेको छ । सरकारसँग २०६९ सालमा विद्युत खरिद–विक्री सम्झौता गरिएको योजनाबाट वार्षिक २० करोड ५० लाख ८० हजार आम्दानी गर्न सकिने निर्देशक लामाको भनाइ छ ।

आयोजनाको कामलाई तिब्रता दिन प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको अध्यक्षतामा समन्वय समिति समेत गठन गरिएको छ । यसका लागि कम्पनीले सदरमुकाम दिक्तेलमा घर भाडामा लिएर कार्यालय सञ्चालनमा ल्याएको छ । 

३० वर्षपछि स्वतः सरकारलाई हस्तान्तरण गरिने आयोजनाका लागि बैंक तथा वित्तिय कम्पनीबाट ७० प्रतिशत ‘लोन’ जुटिसकेको लामाले जानकारी दिनुभयो । कम्पनीले जिल्लाका विभिन्न ठाउँमा पुगेर भूकम्पपीडितका लागि राहत समेत वितरण गरिरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post