sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » पुल निर्माणमा ढिलाई गर्ने ठेकेदार र कर्मचारीमाथि कारबाहीको माग

खोटाङ, जेठ ३१ । सामाजिक कल्याण कोष दिक्तेलले दुधकोसीको पुल निर्माणमा ढिलाई गर्ने ठेकेदार र सम्बद्ध कर्मचारीमाथि कारबाही माग गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमार्फत आईतबार प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै कोषले खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटस्थित दुधकोसीको पुल निर्माणमा ढिलाइगर्ने ठेकेदार र कर्मचारीमाथि कारबाहीको माग गरेको हो । सम्झौता मिति नाघेको चार वर्ष बितिसक्दा पनि पुल निर्माणको काम नभएकाले ठेकेदार र सम्बद्ध कर्मचारीमाथि कारबाही माग गरिएको सामाजिक कल्याण कोष दिक्तेल भञ्ज्याङका अध्यक्ष खड्गबहादुर बस्नेतले बताए । 

२०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा हुलास इन्जिनियरिङ र कालिका कन्स्ट्रक्सनले पुल निर्माणकालागि सम्झौता गरेको थियो । करिब १० करोडको लागतमा निर्माण गर्ने भनिएको डेढ सय मिटर लामो मोटरेबल पुलको दुईतिरको पिलर उभ्याउने बाहेक अन्य काम नभएको स्थानीयको गुनासो छ । ‘दुई वर्षमा सक्ने भनेको पुल पाँच वर्षमा पनि बनेको छैन,’ अध्यक्ष बस्नेतले भने, ‘काममा भएको ढिलाइले हामी मारमा परिरहेका छौँ ।’ ठेकेदार र सम्बद्ध कर्मचारीको मिलेमतोका कारण पुल निर्माणको म्याद पटक–पटक थप्ने काम भएको र उनीहरुमाथि कारबाही हुन नसकेको समाजसेबी दुर्गाप्रसाद घिमिरेले बताए । 

स्थानीय समाजसेबी, बुद्धिजिबी सहित आएको टोलीले पुल निर्माणमा आलटाल गर्ने ठेकेदार र कर्मचारीलाई प्रशासनमा उभ्याएर मारमा परेका जनतामाझ स्पष्ट जवाफ दिलाउन प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएको छ । उनीहरुले पुल निर्माणको कामलाई तत्काल तिब्रता प्रदान गर्न प्रशासनसँग पनि माग राखेको छ । उसले पुल निर्माणको सम्झौता मिति सकिएयता सर्वसाधारणले बेहोरेको महंगीको भार समेत तिनै ठेकेदारहरुबाट भराउनुपर्ने माग गरेको छ । 

जयराममा पुल नहुँदा हिउँद याममा अस्थायी बेलिब्रिज सञ्चालन गर्नेगरिएको छ । वर्षामा भने झोलुङ्गे पुलबाट वारपार गर्नुपर्ने बाध्यता छ । वर्षा लागेसँगै पुलको अभावमा जिल्लाबाट दुई ठाउँमा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता सुरु भएको छ । भरियामार्फत सामान तार्नुपर्ने समस्याले जिल्लामा उपभोग्य सामानको मूल्या समेत बढ्ने गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post