sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » खोटाङमा पहिलोपल्ट दमकल सेवा सुरु (फोटो फिचर)

जेठ–२३, जिल्लामा पहिलो पटक दमकल सेवा सञ्चालनमा आएको छ । दिक्तेल नगरपालिकाले जिल्ला भित्र्याएको दमकल शनिबार औपचारिक रुपमा उद्घाटन गरेर सेवा सुरु गरेको हो । 
नगरपालिकाले दमकलसँगै फोहोर उठाउने ट्रिपर समेत सञ्चालनमा ल्याएको छ । टेण्डरमार्फत जिल्ला भित्र्याइएको दमकल र ट्रिपर प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले शनिबार रिबन काटेर उद्घाटन गर्नुभयो । 

नेपाल सरकारको ६० लाख र नगरपालिकाको आठ लाख ५० हजारमा दमकल र सरकारको २६ लाख पाँच हजारमा ट्रिपर खरिद गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताउनुभयो । पछिल्लो समय घोषणा गरिएका ७२ नगरपालिकामध्ये दिक्तेल नगरपालिकामा सबैभन्दा पहिले दमकल तथा ट्रिपर भित्र्याइएको ढकालको दावी छ । 

सरकारबाट दमकल खरिदका लागि ६० लाख तथा ट्रिपर खरिदका लागि ३० लाख रुपैयाँ नगरपालिकामा आएको थियो । प्राप्त ट्रिपरमार्फत केहीदिनमै नगरभित्रको फोहोर हटाउन सुरु गरिने ढकालले जानकारी दिनुभयो । 

 जिल्लामा पहिलोपल्ट दिक्तेल नगरपालिकाले भित्र्याएको दमकल अनिबार प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले रिबन काटेर उद्घाटन गर्दै ।

 दिक्तेल नगरपालिकाले जिल्लामा पहिलोपल्ट भित्र्याएको दमकलबाट आगो निभाउने तरिका सिकाउँदै नेपाली सेनाका जवान । नगरपालिकाले दमकलसँगै फोहोर फाल्ने ट्रिपर समेत शनिबारबाट सञ्चालनमा ल्याएको छ । 
तस्बिरः हाम्रो खोटाङ डटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post