sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » दुधकोसी हाईड्रोपावर पावरको कार्यालय स्थापना

खोटाङ, असार ९ । खोटाङलाई लोडसेढिङमुक्त बनाउने अभियानकासाथ रावा खोला जलविद्युत आयोजनाको काम थालेको दुधकोसी पावर कम्पनीको कार्यालय दिक्तेलमा स्थापना गरिएको छ ।

हाईड्रोपावरको कामलाई तिब्रता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको अध्यक्षतामा समन्वय समिति गठन गरिएको केही दिनपछि नै कम्पनीले सदरमुकाम दिक्तेलमा कार्यालय सञ्चालनमा ल्याएको हो । 

दुधकोसी पावर कम्पनीको कार्यालय उदघाटन गर्दै प्रजिअ सापकोटा (बायाँ) र प्रबन्ध निर्देशक लामा । तस्बिर : प्रेम लामा (फेसबुक) 

कार्यालय प्रजिअ सापकोटा र दुधकोशी पावर कम्पनीका प्रबन्ध निर्देशक प्रेम लामाले मंगलबार साँझ संयुक्तरुपमा उदघाटन गरेका छन् । कम्पनीले हौंचुर र जालपाबीचबाट बग्ने रावा खोलाको पानीलाई हौंचुरको भैंसेबाट खसाएर ६.५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी काम सुरु गरेको छ । 

२०७० साल माघमा काम थाल्ने अनुमती लिएको कम्पनीले हौंचुरको मंगलबारेमा बाँध बनाएर २ हजार ३३१ मिटर लामो कुलोबाट पानी खसाउने तयारी गरेको छ । १ अर्ब १५ करोडको लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको रावा खोला जलविद्युत योजनाले खोटाङबाहेक छिमेकी जिल्ला ओखलढुङ्गा, उदयपुर, भोजपुर, सोलुखुम्बुलगायतका जिल्लामा बिद्युत खपत गर्न सकिने प्रबन्ध निर्देशक लामाले बताए । 

सरकारसँग २०६९ सालमा विद्युत खरिद–विक्री सम्झौता गरिएको योजनाबाट वार्षिक २० करोड ५० लाख ८० हजार आम्दानी गर्ने लक्ष्य लिइएको छ । ३० वर्षपछि स्वतः सरकारलाई हस्तान्तरण गरिने योजनाका लागि बैंक तथा वित्तिय कम्पनीबाट ७० प्रतिशत ‘लोन’ जुटिसकेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post