sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » पाठेघर खसेका १६ महिलालाई रिङ प्रेसरी

खोटाङ, १३ असार  । पाठेघर खसेका खोटाङका १६ महिलाको रिङ प्रेसरी राखिएको छ । आईतबार बाक्सिलामा आयोजना एक दिने एकीकृत घुम्तीमार्फत पाठेघर खसेका १९ महिलाको स्वास्थ्य परिक्षण गरिएकोमध्ये १६ जनाको रिङप्रेसरी राखिएको र तीन जनालाई अप्रेसनकालागि अन्यत्र रेफर गरिएको छ । यस्तै, १५ महिलाले पाँच वर्षे इम्प्लान्ट लगाएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

घुम्ती शिबिरमा कृषि कार्यालयले दुई सय किसानलाई चौमासे सिमी, मुला, गाजरको बीउ बितरण गरेको छ । पशु सेवाले १८० किसानलाई पशुपन्छीको उपचराकालागि औषधि बितरण, २५ किसानलाई घाँसको बीउ वितरण र पशुपन्छीको गोबर जाँच गरेको छ । यस्तै, महिला तथा बालबालिका कार्यालयले अपांगता भएका व्यक्तीलाई परिचयपत्र बितरण गरेको बाक्सिला कृषि सेवा केन्द्रका प्रमुख दामोदर पोखरेलले जानकारी दिए । 

शिबिरमा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले सुंदेल, दिप्सुङ, बाक्सिला, बासपानी र सप्तेश्वरका भूकम्प पिडितलाई राहत बितरण गरे । भूकम्प पिडितलाई चामल, त्रिपाल, कम्बल वितरण गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post