sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सफा सुग्घर प्रतियोगीताका लागि रातारात सरसफाई

जेठ–२६, सफा सुग्घर प्रतियोगीताका लागि खोटाङका सरकारी कार्यालयले हतार–हतार सरसफाई गरेको पाइएको छ । ‘अरुभन्दा सफा देखिन’ र सरसफाई प्रतियोगीताको पुरस्कार जित्नका लागि कार्यालयहरुले रातारात सरसफाई गरेको पाइएको हो । 

जेठ–२२ गतेदेखि २८ गतेसम्म मनाइदै गरेको सो¥हौँ सरसफाई सप्ताहको अवशरमा आईतबार र सोमबार गरिएको सफा सुग्घर प्रतियोगीताका लागि कार्यालयहरुले शौचालय, आँगन, कोठाको सरसफाई, पानीको व्यवस्था, फोहोर फाल्ने टोकरीको व्यवस्थापन लगायतका काम हतार–हतारमा गरेर चुस्तदुरुस्त बनाएको पाइएको अनुगमन टोलीले जनाएको छ । 

नेपाल रेडक्रस सोसाइटी, खानेपानी उपभोक्ता महासंघ र नेपाल पत्रकार महासंघका प्रतिनिधि सम्मिलित मूल्यांकन टोलीले जिल्लाका सरकारी, बित्तिय संस्था र प्राधिकरणको सरसफाईको अवस्थाका बिषयमा दुई दिन लगाएर निरिक्षण अनुगमन गरेको छ । निरिक्षण र मूल्यांकनमा पुग्नुभन्दा पहिल्यै कार्यालयहरुमा रातारात गरिएको देखावटी सरसफाईका कारण सफा सुग्घर प्रतियोगीताको यतार्थ नतिजाको टुंगो लगाउन गा¥हो भइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रतिनिधि शारदाप्रसाद पहाडीले बताउनुभयो । ‘खासै सरसफाईयुक्त नरहने कार्यालयहरु पनि मूल्यांकन टोली पुग्नुभन्दा पहिल्यै सफा गरेर बसेको पाइएको छ,’ पहाडीले भन्नुभयो, ‘अव कुन कार्यालयलाई पहिलो बनाउने भन्ने निर्णय गर्नै अप्ठ्यारो भइरहेको छ ।’ 

स्वयं कतिपय कार्यालयका प्रतिनिधिले ‘अनुगमन हुने थाहा पाए लगत्तै हतार–हतार सरसफाई गरेको’ बताएको मूल्यांकन टोलीले जनाएको छ । सरसफाई गरेर बसेका कतिपय कार्यालयले टोली सामु पुरस्कार आफुले जित्ने दाबी समेत गरेका छन् । फोहोरी देखिनबाट बच्न र सकेसम्म पुरस्कार हात पार्नका लागि कतिपय कार्यालयहरुले देखावटी सरसफाई गरेको पाइएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुर्य तामाङले बताउनुभयो ।

कार्यालयको आँगन तथा कार्यालयभित्रको सरसफाई भए–नभएको, कर्मचारी र सेवाग्राहीले प्रयोग गर्ने शौचालय पूर्णसरसफाई भए–नभएको, पानीका निकाशको व्यवस्था भए–नभएको, फोहोर फाल्ने खाल्डो तथा टोकरीको व्यवस्था भए–नभएको, कर्मचारी र सेवाग्राहीका लागि पानीको व्यवस्थापन गरे–नगरेको लगायतका चेक लिष्टका आधारमा जिल्ला प्रशासन, जिबिस, शिक्षा, स्वास्थ्य, कृषि, मालपोत, नापी, पशुसेवा लगायत जिल्लाका २९ कार्यालयहरुको निरिक्षण र मूल्यांकन गरिएको छ । 

जिल्लामा कार्यालय सरसफाई, विद्यालय सरसफाई स्वच्छता सम्वन्धी अभिमुखीकरण, नगरपालिकाको वडा खुल्ला दिशामुक्त घोषणा, दिक्तेल बजार सरसफाई तथा परिक्रमा, सार्वजनिक शौचालयको सुरुवात लगायतका कार्यक्रम गर्दै सरसफाई सप्ताह मनाइदै छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post