sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दक्षिणी क्षेत्रमा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

खोटाङ, जेठ २८ । खोटाङको दक्षिणी क्षेत्रमा तीन हप्तादेखि टेलीफोन सेवा अवरुद्ध भएको छ । गत जेठ–९ गते शनिबार आएको हावाहुरीले टेलीफोनको टावरमा क्षती पु¥याएका कारण जिल्लाको दक्षिणी क्षेत्रमा स्काई तथा नमस्ते मोबाईल सेवा ठप्प भएको हो । 

हावाहुरीका कारण काहुले र चिसापानीको हुम्मापोखरी तथा खोटाङबजारस्थित स्काई तथा एनटिसी फोनको टावरमा क्षती पु¥याएका कारण दक्षिणी क्षेत्रका २२ भन्दा बढि गाबिस सञ्चार सम्पर्कबाट बिच्छेद भएको स्थानीय भगवती दिनानाथ उच्चमाबिका शिक्षक सन्तोष ढकालले बताए । हावाहुरीले हुम्मापोखरी र खोटाङबजारस्थित नेपाल टेलीकमको टावर ढालेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

हावाहुरीको अशरका कारण काहुले, चिसापानी, खोटाङबजार, डम्बर्खुशिवालय, सावाकटहरे, सिम्पानी, लिकुवापोखरी, ईन्द्रणीपोखरी, चिप्रिङ, वाप्लुखा, बडकादियाले, बोपुङ, दिप्लुङ, मौवाबोटे, बराहापोखरी, लिच्किराम्चे, देविस्थान, पौवासेरा, फाक्टाङ, सुन्तले लगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही गाविसमा समेत सञ्चार सेवा अवरुद्ध बनेको छ । 

टेलीफोन सेवा अवरुद्ध भएपछि सो क्षेत्रमा इमेल, इन्टरनेटका माध्यमबाट सञ्चालन हुने बित्तिय संस्था तथा आइएमई सेवा समेत प्रभाबित भएको छ । हाल उदयपुरको चित्रेमा रहेको टावरले भेट्ने ठाउँमा पुगेर फोन गर्नुपर्ने बाध्यता सुरु भएको स्थानीयको गुनासो छ । हुम्मापोखरी र खोटाङवजारको टावरले काम नगरेपछि त्यस क्षेत्रका सेवाग्राही घण्टौं हिँडेर चित्रेको टावरले काम गर्ने ठाउँमा पुगेर टेलीफोन गर्न बाध्य छन् । ‘दुबै ठाउँको टावरले काम गरेको छैन,’ शिक्षक ढकालले भने, ‘अहिले चित्रेको टावरले काम गर्ने डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता छ ।’ जिल्लाको टावरले काम नगरेकोबेलामा पनि चित्रेको टावरले भेट्ने कुनैकुनै ठाउँमा फोन चल्ने गरेको छ । 

हुम्मापोखरीको टावरले खोटाङको २०, भोजपुरको तीन र उदयपुरको तीन गाविस गरी २६ गाविसमा टेलिफोन सेवा पु¥याइरहेको छ । अवरुद्ध फोन सुचारु गराउनेतर्फ अहिलेसम्म कसैको ध्यान नपुगेको ढकालले बताए । ‘तीन हप्ता हुन लाग्यो हाम्रो फोनले काम गरेको छैन,’ शिक्षक ढकालले भने, ‘समस्या समाधानका लागि अहिलेसम्म कसैको ध्यान गएको छैन ।’ 

टेलीकमका पुर्वाञ्चल प्राबिधिक प्रमुख देबेन्द्र खतिवडाले अवरुद्ध टेलीफोन केही दिनमा सुचारु हुने बताए । टावर सुचारु गर्नकालागि चिसापानी र खोटाङवजारमा आवश्यक सामान पु¥याउने काम भइरहेको र प्राबिधिकको टोली पठाएर टावर पुःमर्मत गरिने खतिवडाले जनाए । ‘आजभोलीसम्ममा आवश्यक सामान पुग्छ,’ पुर्वाञ्चल प्राबिधिक खतिवडाले भने, ‘सामान पु¥याइए लगत्तै प्राबिधिकको टोली गएर टावर सञ्चालनमा ल्याउने काम हुन्छ ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post