sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खम्बुवानका पूर्व कार्यकर्तालाई चार वर्ष कैंद र ८० हजार जरिवाना

जेठ–२०, हतियार तथा विष्फोटक पदार्थ सहित पक्राउ परेका खम्बुवान राष्ट्रिय मोर्चाका पूर्व केन्द्रीय सदस्य विश्वास साम्पाङ खम्बूलाई चार वर्ष कैंद तथा ८० हजार जरिवाना तोकिएको छ । हतियार तथा भारी मात्रामा विष्फोटक पदार्थ सहित पक्राउ परेका खम्बूलाई जिल्ला प्रशासन कार्यालय खोटाङले चार वर्ष कैंद तथा ८० हजार एक सय रुपैयाँ जरिवाना तोकेको हो ।

विश्वास साम्पाङ खम्बू भनिने वीरधन राई २०६९ साल असोज–५ गते खोटाङकै बाक्सिला–४ बाट हतियार तथा भारी मात्रामा विष्फोटक पदार्थसहित पक्राउ परेका थिए । पक्राउ परेका खम्बूविरुद्ध हातहतियार तथा खरखजना अन्तरगत मुद्दा चलाइएको जिल्ला प्रशासन कार्यालय खोटाङ मुद्दा शाखाका नायव सुब्बा लिलाबहादुर विश्वकर्माले बताउनुभयो ।

बास्पानी–४ का २९ वर्षीय खम्बूको साथबाट एक थान पेस्तोल, दश राउण्ड गोली, १५ थान जिलेटिन, ३६ थान डेटोनेटर, एक थान खुकुरी, छ ठेली रसिद, एक ठेली खम्बुवान विद्यार्थी मोर्चाको सदस्यता पत्र, खम्बुवानसँग सम्बन्धित विधान, घोषणापत्र, कार्यपत्र लगायतका २६ थान पुस्तक तथा पर्चा पमप्लेट प्रहरीले बरामद गरेको थियो । पार्टीबाट सम्पर्क बिहिन बनेर चन्दा असुलीमा संलग्न भएपछि मोर्चाका केन्द्रीय सदस्य रहेका खम्बूलाई मोर्चाको केन्द्रीय समितिले २०६९ साल भदौ–७ गते पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको थियो ।

विश्वाससँगै अराजक गतिविधिमा संलग्न खोटाङका अन्य तीन जनालाई भने पाँच÷पाँच वर्षको कैंद सजाय सुनाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँका अनुसार दिप्सुङ–६ का साङ्गे शेर्पा, नेर्पा–५ किरण खम्बु र दिक्तेल–५ का प्रेम राईलाई पाँच÷पाँच वर्षको कैंद सजाय सुनाइएको हो ।

उनीहरुसँगै अराजक गतिविधिमा संलग्न भोजपुर भैंसेपङ्खा–१ का राजकुमार राई र अरबिन्द्र किरातीको मुद्दा भने म्यादतामेलिमा राखिएको प्रशासनले जनाएको छ । उनीहरुको नाम तथा वतन नखुलेकाले उनीहरुको मुद्दा तामेलीमा राखिएको जनाइएको छ । उनीहरु हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरुसँगै मुद्दा चलाइएका बिचारी भनिने लिलानाथ गिरीले भने सफाइ पाएका छन् ।

उनीहरुले जिल्लाका शिक्षक तथा व्यापारीहरूबाट जबरजस्ती चन्दा अशुलेको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको थियो । जिल्लाको उत्तरी क्षेत्र राखावाङ्देल, दिप्सुङ, सुङ्देल, माक्पा लगायतका गाविसमा कार्यरत शिक्षकहरुबाट अवैध चन्दा असुलेको आरोपमा २०६९ असोज ५ गते विश्वास पक्राउ परेका थिए ।

उनलाई जिल्ला अदालतले चन्दा ऐन २०३० को दफा १३ बमोजिम तीन महिना कैंद र २० हजार जरिवाना सुनाएको थियो । अदालतले मागेको २० हजार धरौटी बुझाउन नसक्दा उनी २०६९ असोज २६ गतेदेखि पुर्पक्षका लागि जिल्ला कारागार खोटाङमा छन् ।

हाल कारागारमा रहेका उनले जिल्लाकै बाक्सिला र ऐसेलुखर्कस्थित ईलाका प्रहरी कार्यालय आक्रमण गर्ने र राष्ट्रिय जनक्रान्ति पार्टी घोषणाको तयारी गरेको डायरी तथा अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । उनलाई क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको विशेष शाखाका तत्कालिन प्रमुख एवम् प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post