sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, तीन गम्भीर घाइते

खोटाङ १६ असार । छुट्टाछुट्टै ठाउँमा परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ । गएराती पानीसँगै परेको चट्याङले सावाकटहरे–८ का ४० प्रेमबहादुर विश्वकर्मा र काहुले–३ की ३७ वर्षीया कमला राईको मृत्यु भएको हो ।

चट्याङले मृतक विश्वकर्माकी श्रीमती ३५ वर्षीया गीता विश्वकर्मा, काहुले–३ का २४ वर्षीया निर्मला राई र सोही स्थानका २५ वर्षीय मणीराज तामाङ घाइते भएका छन् । चट्याङका कारण बेहोस बनेका उनीहरुलाई स्वास्थ्य संस्थासम्म पु¥याउन प्रहरीको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । 

राती करिब साँढे नौं बजेतिर परेको चट्याङले गीताको देब्रे तिघ्रामा गहिरो चोट लागेको स्थानीय चन्द्रप्रसाद श्रेष्ठले जनाकारी दिनुभयो । श्रेष्ठका अनुसार चट्याङले विश्वकर्मा परिवारको एक माउ गाभिनो भैंसी र एउटा गोरु समेत मरेको जनाइएको छ । 

बैशाख १२ गतेको भूकम्पले घर चर्किएपछि डेरा बारेर बसेका विश्वकर्मा परिवारको डेरैमा चट्याङ परेको प्रहरीले जनाएको छ । भूकम्पले घर चर्किएपछि डेरा बारेर गाईभैंसी मुनिबाट र आफूहरु टाँडमाथि बसेका उनीहरुको आठ जनाको परिवार रहेको छ ।

भूकम्पबाट विस्थापित विश्वकर्मा परिवारमा बुबाको मृत्यु र आमा बेहोस बनेपछि छोराछोरीको बिचल्ली भएको सामाजिक परिचालक निर्मला राईले जानकारी दिनुभयो । राईका अनुसार विश्वकर्मा दम्पत्तीको चार छोरा र दुई छोरी छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post