sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » गुडीरहेको बस बुइपामा पल्टिदा पाँच परीक्षार्थी घाइते

खोटाङ, २५ असार । गुडीरहेको बस सडकमै पल्टिदा खोटाङमा पाँच जना गम्भीर घाइते भएका छन् । लोक सेवा आयोगको परीक्षा दिन खोटाङ आउने परीक्षार्थी लिएर दिक्तेल आउँदै गरेको बा ३ ख ३४४१ नम्बरको यात्रुवाहक बस गएराति बुइपास्थित पञ्चेदोबाटोमा पल्टिदा पाँच परीक्षार्थी गम्भीर घाइते भएका हुन् । 

घाइते हुनेमा उदयपुरको साउने–३ की ३३ वर्षीया डबलकुमारी राई, सोही स्थानकी २४ वर्षीया गीता थापामगर, उदयपुर नेपालटार–४ का २४ वर्षीय नेत्रबहादुर राई, भोजपूर लेकखर्क–१ का ३० वर्षीया रमा सुयल र सप्तरी तरही–१ की ३७ वर्षीया चन्द्रकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार घाइते सबैको टाउकोमा गहिरो चोट लागेको छ । 

उनीहरुको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेश शाहीले बताउनुभयो । रेग्मीटारबाट ३४ जना परीक्षार्थी चढेको बस दुर्घटना भएको हो ।

बस चालक सुनसरीका दलबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेलमा सञ्चालन हुने स्वास्थ्य सेवा आयोगको परीक्षा दिन आउने परीक्षार्थी लिएर आएको बस भारी वर्षाका कारण अनियन्त्रि भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post