sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बाढीले बगायो खेलमैदान

खोटाङ, २९ असार । जिल्लाको पश्चिमी गाविस दुर्छिम–३ मा निर्माण गरिएको खेलमैदान प्रयोगमा नआउँदै बाढीले बगाएको छ । स्थानीयले निर्माण गरेको ६० मिटर लम्बाइ र ४० मिटर चौंडाइ भएको खेलमैदान खहरे खोल्सीमा आएको बाढीले बगाएको हो । 

गाविसको ५० हजार तथा चन्दा संकलनबाट जम्मा गरिएको रकमगरी एक लाख ९० हजारको लागतमा निर्माण गरिएको खेलमैदान उद्घाटन गर्नुअघि नै बाढीले बगाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनुभयो । कृष्णराम राई रंगशाला नाम दिइएको नयाँ खेलमैदानलाई भारी वर्षापछि माथिबाट खसेको पहिरोले समेत पुरेको जनाइएको छ । 

गाउँमा फुटबल लगायतका खेलको विकासका लागि स्थानीयले स्क्याभेटरको प्रयोग गरी खेलमैदान निर्माण गरेका हुन् । भलबाढी र पहिरोले क्षतविच्छेद बनाएको रंगशाला पुनः चन्दा उठाएर पुर्नमर्मत गर्ने तयारी गरिएको अध्यक्ष चाम्लिलङले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post