sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » श्रीमती हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैंद

खोटाङ, २९ असार । श्रीमती हत्या गर्ने खोटाङका एक युवालाई सर्वस्वसहित जन्मकैंदको सजाय सुनाइएको छ । २२ वर्षीया श्रीमती शुष्मा राईको हत्या गरेर जलाएको खुलासा भएपछि पक्राउ परेका फेदी–४ का २४ वर्षीय सुदीप राईलाई जिल्ला अदालत खोटाङले सर्वस्वसहित जन्मकैंदको सजाय सुनाएको हो । 

गत माघ–२ गते राति आगलागीमा परी मृत्यु भएको भनिएकी शुष्माको ‘हत्यापछि जलाइएको’ खुलासा भएपछि श्रीमान सुदीप र स्थानीय दुर्गाधन राईलाई प्रहरीले माघ–१८ गते नियन्त्रणमा लिएको थियो । दुर्गाधनलाई भने अदालतले सफाइ दिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्धा शाखाका प्रहरी नायब निरीक्ष यादव गौतमले बताउनुभयो । 

अपराध ढाकछोपका लागि सुदीपले श्रीमतीको हत्यापछि आफ्नै घरमा आगो लगाएर ‘जलेर मृत्यु भएको बनाएको’ अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । खरेलका अनुसार शुष्माको शव अगेनाको चुलोमा घोप्टो परेर डढेको अवस्थामा भेटिएपछि घटनाका विषयमा थप अनुसन्धानका लागि प्रहरीले सुदीप र दुर्गाधनलाई नियन्त्रणमा लिएको थियो । 

स्थानीयका अनुसार सुदीप घटना भन्दा दुई साता अघि मात्र विदेशबाट घर आएका थिए । शुष्माको शव आगलागीले जलेको गोठमा डढेको अवस्थामा भेटिएको थियो । दुर्गाधनलाई भने शुष्मासँगको सम्वन्धका विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post