sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » » ‘सुगम स्टार सचिन’ साँगीतिक दुनियाँमा

असार–३१, खोटाङ सुगम स्टार सचिन राई आफ्नो एकल गीति एल्बममार्फत नेपाली साँगीतिक बजारमा छाउँदैछन् । सानै उमेरदेखि गायनमा चासो राख्ने दिक्तेल नगरपालिका–८, बाम्राङका सचिनले आफैले पाएको उपाधी र नाम ‘सुगम स्टार सचिन’ नामक गीति एल्बम लिएर नेपाली गीतसँगीतप्रेमीकाबीच प्रस्तुत हुन लागेका हुन् । ‘म हुँ सुगम स्टार’, ‘अनौंठो मायाँ’, ‘अल्लारे’, ‘कसम’ बोलका गीतहरुको स्वरमार्फत साँगीतिक बजारमा आउन लागेको गायक राईको भनाइ छ । 

थुप्रै गायन प्रतियोगितामा आफुलाई अब्बल सावित गर्दै आएका गायक राईले रामधन बेदना, हर्क राई, टीका चाम्लिङ र प्रेम सापकोटाका शब्द तथा विनोद खम्बु, ओमप्रकाश राई, अशोक राई र विपिन आचार्यको संगीतमा एकल एल्बम् हालै तयार गरेका छन् । २०६९ सालमा आयोजना गरिएको गायन प्रतियोगिता ‘खोटाङ सुगम स्टार’ मा जिल्लाका सयौं प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुम्न सफल सचिनले एक बर्ष अगाडी आयोजना भएको राष्ट्रव्यापी गायन प्रतियोगिता ‘नेपाल आईडल’मा फाईनालिष्ट, ‘खोटाङ तारा’को टप ट्वान्टी लगायतका सफलता हात पारिसकेका छन् ।

साँगीतिक कार्यक्रममा प्रस्तुत भइरहने गायक राई अहिले खोटाङ सेवा समाज मलेसियाले आयोजना गरेको साँगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका छन् भने, लगत्तै खोटाङ सेवा समाज हङकङको विशेष साँगीतिक कार्यक्रममा आफ्नो कला र गला प्रस्तुत गर्न हङकङ पुग्ने भएका छन् । पत्रकारिता क्षेत्रमा समेत क्रियाशील राईले देशका विभिन्न जिल्लामा आफ्नो गला पस्किसकेका छन् । 

सबै प्रकारका गीतहरु गाउन खप्पिस राई सुगम सँगीतमा बढी लोभिने गरेको बताउँछन् । घरपरिवार, जिल्लाका सञ्चारमाध्यम सहकर्मी तथा अग्रज सञ्चारकर्मी, साहित्य, सँगीतकार, अग्रज तथा समकालीन गायक÷गायिका लगायतको सहयोगले गायकमा दर्ज हुन आइपुगेको राईको भनाइ छ । रिभेञ्ज म्युजिक क्रियशनले  ‘सुगम स्टार सचिन’ गीति एल्बम्लाई प्रस्तुत गर्न लागेको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post