sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » संविधानको मस्यौदामाथि आजबाट सुझाव संकलन

साउन २ । संविधानको मस्यौदामाथि खोटाङमा आजबाट सुझाव संकलन गरिने भएको छ । संविधानको मस्यौदासहित शुक्रबार सभाषद्हरु हेलीकोप्टरबाट जिल्ला आएपछि आजबाट सुझाव संकलन गरिने भएको हो । 

जिल्लाको दुवै क्षेत्रमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सभाषद् पाँचकर्ण राई, विशाल भट्टराई, सरस्वती बजीमय र जेबी टुहुरेले हेलीकोप्टरमार्फत जिल्ला आएका छन् । यसअघि संविधानको प्रारम्भिक मस्यौदा लिएर संविधानसभा सचिवालयका दुई कर्मचारी जिल्ला आइसकेका छन् ।

सभाषद् भट्टराईको टोलीले आज क्षेत्र नम्बर–२ को खोटाङबजारमा तथा राई, बजीमय र टुहुरेको टोलीले आइतबार क्षेत्र नम्बर–१ को अर्खौलेमा पुगेर सुझाव संकलन गर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । सुझाव संकलनका लागि सभाषद् भट्टराई शुक्रबार नै हेलीकोप्टरमार्फत दक्षिणी गाविस खोटाङबजार पुगीसकेका छन् । 

अर्खौलेमा आयोजना गरिएको कार्यक्रममा जाने सभाषद्हरु भने सदरमुकाम दिक्तेलबाट आज अर्खौलेतर्फ प्रस्थान गरेको सापकोटाले जानकारी दिनुभयो । दुवै क्षेत्रमा हुने कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।  

सुझाव संकलन टोली गाउँतहसम्म नपुग्ने भएपछि जिल्लावासी रुष्ट बनेका छन् । सुझाव संकलन टोलीले समय अभावका कारण देखाउँदै गाउँ–गाउँ पुगेर सुझाव संकलन गर्न नसकिने बताएपछि जिल्लाबासी रुष्ट बनेका हुन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post