sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सम्झौता अनुसार काम नभएका विकासे योजनालाई कारबाहीको माग

खोटाङ, असार १९ । स्थानीय शान्ति समिति खोटाङले सम्झौता अनुशार काम नभएका विकासे योजनामाथि छानबिन र कारबाहही गर्न माग गरेको छ । 

शान्ति तथा पुःर्ननिर्माण मन्त्रालय, जिल्ला बिकास समिति, शिक्षा लगायतको सहयोगमा जिल्लामा सञ्चालन भइरहेका कतिपय बिकासे योजनाहरु सम्झौता अनुशार सञ्चालन नभएको भन्दै समितिले छानबीन र कारबाहीको माग गरेको हो । 

शिक्षाबाट प्राप्त रकमबाट डुम्रेधारापानीस्थित देउराली उच्च माबिको दुई तले चार कोठे भवन बनाउनुपर्नेमा एकतले मात्र बनाइएको, शान्ति मन्त्रालयबाट प्राप्त २४ लाख र बिद्यालयको १५ लाखमा निर्माण सुरु गरिएको चम्पावती उच्च माबि बुईपाको भवन अझै सम्पन्न नभएको पाइएको समितिका संयोजक ललितकुमार राईले बताए । यस्तै, सितला माबि खाल्लेले शान्ति मन्त्रालयबाट क्रमागत बजेट १५ लाख लगेको तर मर्मतमा खर्च गरेको भेटिएको समितिले जनाएको छ । 

योजनाहरुको स्थलगत अनुगमनपछि स्थानीय शान्ति समितिले शुक्रबार दिक्तेलमा गरेको समिक्षात्मक बैठकले सम्झौता अनुशार सञ्चालन नभएका योजनाका बिषयमा कारबाहीकालागि सम्बन्धित मन्त्रालय समक्ष पत्राचार गर्ने निर्णय गरेको छ । 

स्थानीय शान्ति समितिले जिल्लाका दुबै क्षेत्रमा सञ्चालित दर्जनौँ बिकासे योजनाहरुको स्थलगत अध्ययन गरेको थियो । क्षेत्र नम्बर–१ मा असार–७ गतेदेखि र क्षेत्र नम्बर–२ मा जेठ–६ गतेदेखि बिकासे योजनाहरुको स्थलगत अध्ययन गरेको समितिका संयोजक राईले जनाए । 

समितिको बैठकले दिक्तेलनगरपालिकालाई शुक्रबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनिएको कार्यक्रम प्रमुख अतिथिको बिवादका कारण सरेकोमा दुःख व्यक्त गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post