sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » एसएलसीमा जिल्ला प्रथम हुने दुई परीक्षार्थी सम्मानित

साउन–१५, खोटाङ सेवा समाज दोहा कतारले एसएलसी परीक्षामा जिल्ला प्रथम हुने दुई परीक्षार्थीलाई सम्मान गरेको छ । सामुदायिक विद्यालयबाट सबैभन्दा बढी अंक ल्याएर जिल्ला प्रथम हुने खार्मी–२ का खजिन्द्र गुरुङ र दिक्तेल नगरपालिका–३ का विनोद आचार्यलाई नगद रु २०/२० हजारको साथमा प्रशंसा–पत्रले सम्मान गरेको हो ।

गुरुङ वि.सं.२०७० सालको एसएलसीमा जालपा उच्च मावि जालपाबाट ७१ दशमलव १२ अंक ल्याएर जिल्ला प्रथम भएका थिए भने, आचार्य वि.सं. २०७१ को परीक्षामा पञ्च मावि दिक्तेलबाट ८१ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएका थिए । उनीहरुलाई शुक्रबार खोटाङको दिक्तेलस्थित पञ्च माविमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको समाजका महासचिव रुद्रप्रसाद आचार्यले जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका खोटाङ्गेहरुले स्थापना गरेको उक्त संस्थाले जिल्लाको शैक्षिकस्तर उकास्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि एसएलसी परीक्षामा जिल्ला प्रथम हुने एक जनालाई सम्मान गर्दै आएको छ । सोही अनुरुप यस वर्ष २०७० र २०७१ को एसएलसीमा जिल्ला प्रथम हुने दुवै जनालाई एकैसाथ सम्मान गरेको हो । 

जिल्लामा हुने हरेक विकास निर्माण तथा विपद्मा परेकालाई सहयोग गर्दै आएको उक्त संस्थाले गत बैशाख–१२ गतेको भूकम्पले क्षति पु¥याएको दुई विद्यालयलाई समेत सहयोग गरेको छ । खिदिमा–५ मा रहेको साकेला निमावि र बुइपा–८ मा रहेको पिपलडाँडा प्राविलाई नगद रु २५/२५ हजारका दरले सहयोग गरेको हो ।

खोटाङ एकता सेवा समाज खोटाङको समन्वयमा उक्त संस्थाले पठाएको सहयोग रकम शुक्रबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएका आचार्यले जानकारी दिनुभयो । समाजका संस्थापक अध्यक्ष तथा खोटाङ एकता सेवा समाज खोटाङका अध्यक्ष मादव राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post