sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » एकै दिन दुई जनाले गरे झुण्डिएर आत्महत्या

साउन–१५, खोटाङमा एकै दिन दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन् । दिक्तेल नगरपालिका–३ की ३० वर्षीया भावना आचार्य र सप्तेश्वर–९ का १९ वर्षीय जनक परियारले झुण्डिएर आत्महत्या गरेका हुन् । 

आचार्यले आज दिउसो आफ्नै घरको निदालमा र परियारले गएराति घरनजिकै रहेको निभुवाको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । खरेलका अनुसार उनीहरु दुवै जनाले झुण्डिएर आत्महत्या गर्नुको कारण खुल्न बाँकी रहेको छ । 

मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पु¥याइएको प्रहरीले जनाएको छ । परियार विवाहित हुन् भने, आचार्य अविवाहित महिला रहेको आफन्तले जनाएका छन् ।

जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या एक्कासी वृद्धि हुँदै गएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा मात्रै ४६ जनाले भुण्डिएर र ९ जनाले बिष सेवन गरेर आत्महत्या गरेका तथ्याङ्क रहेको प्रहरी निरीक्षक काँशीनाथ रेग्मीले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post