sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोलामा आएको बाढीमा परी खोटाङमा आमाछोरी बेपत्ता

असार २० । खोलामा आएको बाढीले बगाउँदा खोटाङमा आमाछोरी बेपत्ता भएका छन् । शनिबार राती तावा खोलमा आएको बाढीले बगाउँदा मात्तिम–५ की ४० वर्षीया परिमायाँ राई र उनकी छोरी १२ वर्षीया समिता राई बेपत्ता भएका हुन् । 

खोलाको किनारमा रहेको नाम्खा दोभानस्थित खेतमा रोपाई गर्न अस्थायी कटेरामा बसेका आमाछोरीलाई खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । बेपत्ता आमाछोरीको ईलाका प्रहरी कार्यालय मात्तिमबिर्ताबाट गएका प्रहरीको टोली र स्थानीयबासीले खोजी गरिरहेको खरेलको भनाइ छ । 

शनिबार रातभर आएको भिषण वर्षापछि आएको बाढीले किनार आसपासका खेत र पाक्न लागेको साउने धान पुरेको कृषकहरुले बताएका छन् । रातभर परेको वर्षाका कारण खिदिमा गाविसका १५ घरपरिवार विस्थापित भएका छन् । 

खोबु, खरुवा र तावा खोलाको बाढी बढेर बस्तीसम्म आएपछि उनीहरुलाई तत्काल सुरक्षितस्थानमा सारिएको प्रहरीले जनाएको छ । वर्षाका कारण गएको पहिरोले दोर्पाचिउरीडाँडामा एक घर पुरिएको स्थानीयले जनाएका छन् । 

खोलामा आएको बाढीले खिदिमा र टेम्मामा सञ्चालित दुई वटा लघुजलविद्युत आयोजनाको पावरहाउस बगाएको छ । यस्तै, खोलाले दुई वटा झोलुङ्गे पुल र दुई वटा काठे पुल समेत बगाएको जानकारी आएको जिल्ला दैविप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । 

बाढीले खेतीयोग्य जमिन, पाक्न लागेका धान, दर्जनौँ गाईगोरु र बाख्रा बगाएको जनाइएको छ । बाढीले पु¥याएको क्षतिको विवरण अझै आउन बाँकी रहेको खरेलले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post