sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » चट्याङ लागेर एकको मृत्यु, दुई घाईते

खोटाङ, ४ साउन ४ । चट्याङ लागेर खोटाङमा एक युवकको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङ लागेर दुर्छिम–४ चुमाखुका १८ वर्षीय एबिन्द्र राईको आइतबार साँझ मृत्यु भएको हो ।

हलेसीबाट घर फर्कनेक्रममा दुर्छिम–३ स्थित सहकाली प्राबिको प्रांगणमा पुगेकाबेला चट्याङ लागेका एबिन्द्रको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै रहेका दुर्छिम–४ का २८ वर्षीय युवराज राई र ३२ वर्षीय टंकबहादुर राई गम्भीर घाईते भएको स्थानीय तामन राईले जानकारी दिए ।

घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा पु¥याएको केही घण्टापछि होस खुलेको छ । प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले स्वास्थ्य संस्थामै पुगेर घाईतेहरुको अवस्थाका बिषयमा जानकारी लिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post