sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » फेसबुक च्याटमा अश्लिल शब्द लेख्ने व्यक्ति पक्राउ

साउन–१२, फेसबुकमा अश्लिल शब्द लेख्ने खोटाङका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक युवतीलाई फेसबुक च्याटमा अश्लिल शब्द लेख्ने बतासे–३ का ४० वर्षीय जयन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो । 

युवतीलाई फेसबुकमार्फत अश्लिल शब्द लेखेको भन्दै इलाका प्रहरी चौकी हलेसीमा परेको उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा साइबर क्राइमको मुद्दा हेर्ने निकाय छैन, त्यसैले कुन प्रकृतिको मुद्दा चलाउने भन्नेमा छलफल भइरहेको छ ।”

युवतीलाई अश्लिल शब्द लेख्ने राईलाई प्रहरी चौकी भण्डारेघाटबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । घरैबाट पक्राउ परेका उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर अनुसन्धान थालिएको खरेलको भनाइ छ । 

राईले साउन–५ गते त्यस्तो अश्लिल शब्द लेखेको पीडित युवतीले बताएकी छन् । उनले आफ्नो आमालाईसमेत पटक–पटक मिस्कल गरेर हैरानी पार्ने गरेको युवतीको भनाइ छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post