sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ट्याक्टरले किच्दा एक युवाको मृत्यु

साउन–१५, ट्याक्टरले किचेर खोटाङमा एक जनाको मृत्यु भएको छ । ना ३ त १३१८ नम्बर ट्याक्टरले किच्दा खिदिमा–८ का ३४ वर्षीय मनकुमार राईको मृत्यु भएको हो ।

हिजो अपरान्ह सिम्पानीबाट सामान लिएर ईन्द्रेणीपोखरीतर्फ जाँदै गरेको ट्याक्टरले किच्दा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । दुर्घटनाका कारण खुल्न नसकेको खरेलको भनाइ छ ।

स्थानीयका अनुसार सोही ट्याक्टरमा चढेका राई अनियन्त्रित भइ लडेर झरेपछि ट्याक्टरले किच्दा मृत्यु भएको जनाइएको छ । मृतक राईको शव परीक्षणका लागि उदयपुर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

राईको मृत्युपछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको खरेलले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post